चुङ क्वान ओ मा बम …

0
3

हिंजो शुक्रबार चुङ क्वान ओ को ल्यान्डफिल साइटमा भेटिएको दोस्रो विश्वयुध्दकालीन बम प्रहरीले निस्क्रिय बनाउन सफल भएको छ ।

२३ सेन्टिमिटर गोलाई भएको ९ इन्च लामो उक्त बम डिस्पोज गर्न प्रहरीको बम विशेषज्ञ टोलीलाई ९ घन्टा लागेको बताइन्छ । कुनै जनधनको क्षति बिना तेस्रो प्रयासमा टोलीले बम डिस्पोज गरेको बताइन्छ ,त्यस अवधिभर चुङ क्वान ओ क्षेत्रबाट विमानहरुको उडान निषेध गरिएको थियो ।
वान पो रोडको डम्पिङ साइटमा भेटिएको उक्त बम अमेरिकी पानीजहाजले फ्याँकेको हुनसक्ने बताइन्छ ।
यस अघि वान्चाई क्षेत्रमा ४५०किलोका २ अमेरिकी बम फेला परेका थिए,जुन हङकङमा जापानी सेनाको विरुध्दमा अमेरिकी युध्दपोतहरुले खसाएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here