चीन बोर्डर क्षेत्रमा पुलिस र प्रदर्शनकारी बीच भीडन्त..

प्रकाशित मिति
0
275

सेङ सुई क्षेत्र आज दिनभरि प्रदर्शनकारी र पुलिसको भीडन्तले गर्दा अशान्त रह्यो ।

अवैध रुपमा औंषधी र कस्मेटिक सामग्री हङकङबाट चीन तस्करी गरेको भन्दै बोर्डर क्षेत्रका जनताहरुले ३० हजारको संख्यामा जुलुस गरेका थिए ।
चीनमा चर्को करको कारण ती सामान महंगो पर्ने हुनाले हङकङमा किनेर चीनमा तस्करी गर्ने गरिएको छ ।

त्यसले गर्दा हङकङमा ती चीजहरुको अभाव हुने गरेको पाइन्छ , साथै चीनको सेन्जेनसँग जोडिएको सेङ् सुई क्षेत्रलाई तस्करहरुले गढ
बनाउँदा घरभाडा महँगो भएको स्थानीयहरुको गुनासो रहँदै आएको छ ।
हङकङ सरकारले महिनावारी पासको ब्यवस्था गरिदिएकोले मेनल्यान्डर चिनाहरु सजिलै आएर सामान किनेर लैजाने गरेको बताइन्छ ।

सुपुर्दगी कानुनले प्रारम्भ गरेको सरकार विरुध्दको जन आक्रोश घट्ने संभावना देखिँदैन, भोलि शातिन क्षेत्रमा प्रदर्शनीको आव्हान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here