चीनको ७० औं स्थापना दिवस हङकङमा त्रासदी!

प्रकाशित मिति
0
1312

हिंजो चीनको ७० औं स्थापना दिवसको भब्य कार्यक्रममा भाग लिन क्यारी लाम बेइजिङमा उपस्थित हुँदा हङकङ भने तनावग्रस्त रह्यो । शहरका १३ भन्दा धेरै भागहरुमा प्रहरी र प्रदर्शनकारीको झडप भयो, २६९ जना पक्राउ परे , ११७ जना आन्दोलनकारी र ३० पुलिस घाइतेँ भए । ४७ एम टि आर स्टेसनमा सेवा स्थगित भए भने २५ प्रमुख सपिङ प्लाजा बन्द रहे ।

हिंजो ६ राउन्ड गोली चलेकोमा १ किशोर घाइतेँ भएका छन् , छातिमा गोली लागेका १८ वर्षे किशोरको उपचार भइरहेको छ । अपरेशन पश्चात उनी खतरामुक्त रहेको बताइएको छ । उनी पढ्ने चुन वान पब्लिक हो चुन यिउ मेमोरियल कलेजका उनका सहपाठीहरुले आज कक्षा बहिष्कार गर्दै पुलिस ज्यादती विरुध्द बोल्न स्कूल प्रशासनलाई दबाब दिए । प्रहरी प्रवक्ताले भने आफ्नो र आफ्नो साथीहरुको जीवन रक्षाको लागि प्रहरीले गोली चलाउन बाध्य भएको बताएका छन् । आज दिउँसो लन्च टाइममा सेन्ट्रलमा लगभग ५ सय जना मानिसले कार्यालयबाट निस्की गोली प्रहारको विरोध जुलुस गरे । गोली चलाउने पुलिसकी जहान सेनल स्टोरमा काम गर्छिन् भन्ने हल्ला चलेकोले १ हजार जस्ता मानिसहरुले सेन्ट्रलको स्टोरमा धर्ना दिएको समाचार छ ।

हङकङको जुनियर पुलिस एसोसियनले संकटकाल घोषणा गर्ने माग गरेको छ । सरकारले उपयुक्त कदम चाल्न नसकेकोले बढ्दो दंगालाई धान्न पुलिसले एक्लै नसक्ने भन्दै बेलायती उपनिवेशको समयमा जस्तै कर्फ्युको घोषणा गर्नुपर्ने माग गरेको छ ।

हिंजोको आन्दोलनको क्रममा जेनी राई नाम गरेकी नेपाली विद्यार्थी पनि पक्राउ परेको खबर अनलाइनमा छाइरहेको छ । हुर्के,बढेका हाम्रा नानीहरु पनि बुझेर वा साथीहरुको लहलहैमा आन्दोलनमा सरिक हुन सक्छन् , हङकङ अहिले आगोमा जलिरहेको छ, यसको लपेटामा बिस्तारै हामी र हाम्रा सन्तान पनि नपर्ने भन्ने कुरै भएन । तर सरकारको पक्षमा या विपक्षमा लाग्दा राम्रो बुझेर लाग्नु ठीक होला, आफ्ना छोरा छोरीहरुलाई झर्की-फर्की नगरी ठण्डा दिमागले छलफल गर्नुमा भलाई होला है ! घरमा राजनैतिक विषयमा विवाद हुँदा बिल्डिङबाट हाम्फालेको किशोरको घटना हत्तेरीमै हामीले पहिले छापेका हौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here