“चियर्स एडल्ट डाईपर”-इन्द्र थेगिम

0
5

20170415_125225

टिङ-टङ !
ढोका खुल्लै छ ओई!
थुक्क सा~ला भाते अझै उठिनस् ।
ह्या~आ~हा ह ह ह

घर्‍याक्क !
एक हुल गन्ध ह्वास्सै ठोक्कियो।
ए लु आज यो चुक्कुल नलाई सुतेछ।
गन्धे चोर ! कति दिन भो ननुहाएको?

घड्याप्प !
ओई बोकिस् होला नि चाबी?
हिंड जाम अब रिल्याक्स गर्न बाहिर ।
आज नयाँ बर्ष मा हो खानु पर्ने केटा!

उलुक उलुक !
ह्वाल ह्वाल छाद् दै पहिलो चोटि रहेछ।
ओई! लु खा लेमोन सोडा ।
ई तान् चुरोट मैले दुई फ्वांक भर्खरै तानेको।

गलल गलल ! ह ह ह!
तेस्किमा! आज जस्तो रक्सी कैले पियिएन।
घरमा टेन्सन् , काममा टेन्सन् , स्वास्नी को टेन्सन् ।
लु मातें के गर्छौ? तिमेरु सज्जन भएर के नाप्यौ?

टिङ टङ! टुं टुं टुं टुं!
अरे यार म ट्रेन मा छु, पुग्छु कोठा तिमेरु जावो।
ओहोर दोहोर गुड्याई रहंदा घुरेको चर्को आवाज सुनियो।
ह्म्कोई पिन्को याना? आईडी कार्ड? कल पुलिसी आ ।

टिनिनी टिनिनी!
अं हेलो के भो तंलाई ? व्हाट! हस्पिटल मा!
होलि क्र्याप! पुलिस ले बेहोस देखेर भर्ना गराएछ?
हो त “एडल्ट डाईपर” अनकन्सियस लाई पनि लगाउछ।

चियर्स! एडल्ट डाईपर!
चियर्स! खाली बोतल हरु!
चियर्स! अराजक मनहरु!
चियर्स! पुनर्जिवित तंलाई !

-इन्द्र थेगिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here