चिम सा चुई स्टेशनमा पेट्रोल बम फ्याँक्ने पक्राउ…

प्रकाशित मिति
0
183

fire in tst

चिम सा चुई स्टेशननेर पुग्दा चुनवान लाइनको एम टि आरमा पेट्रोल बम प्रहार गरेको आरोपमा हङकङ पुलिसले ६० वर्षे चेङ काम फाइ नामक चिनालाई पक्राउ गरेको छ ।

arson man
अभियुक्त चेङ

“तिमीहरुलाई जलाएर मार्छु” भन्दै आगो सल्काएर पेट्रोल बम फ्याँक्ने चेङ कुनै आतंकवादी संगठनकोक सदस्य नभएको पुलिसको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । १ श्रीमती र २ सन्तानका पिता चेङको पारिवारीक सम्बन्ध राम्रो नभएकोले ब्यक्तिगत समस्याकै कारण उनले त्यसखाले काम गरेको हुनसक्ने पुलिसको अनुमान छ । प्रहरी रेकर्डमा अवैध जुवा खेलेको सामान्य खाले अपराध मात्रै देखिएकोले उनी अपराधिक प्रवृतिको नदेखिएको बताइन्छ । घटनाको क्रममा उनी जलेर सख्त घाइतेँ भएको बताइन्छ तर आतंकवादी संगठनमा उनको संग्लग्नता क्षीण रहे पनि पुलिसले संभावनालाई पूरै खारेज नगरेको पनि बताएको छ ।

घटनामा घाइतेँ हुनेको संख्या १८ जना पुगेको छ जसमध्ये ५ जनाको स्थिति गंभीर रहेको बताइन्छ , साँझको ७:१४ बजेको भएको उक्त घटनामा १६० पुलिस र १३० फायरम्यान खटाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here