चिनियाँ सैनिक PLA द्वारा हङकङमा सेना अद्ला बद्ली..!

प्रकाशित मिति
0
2142

चिनियाँ सैनिक PLA ले हङकङ स्थित बाट अद्ला बद्ली गरेको छ । आज बिहान ४ बजे हुआङगाङ पोर्ट बोर्डर चेक प्वाइन्ट हुँदै सैनिक गाडीहरु हङकङ प्रवेश गरेका थिए भने जलसेनाहरु स्टोन कटर आइल्यान्ड आइपुगेको बताइन्छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाए अनुसार वार्षिक गरिने यो नियमित प्रक्रिया हो । सदा प्रक्रिया पूरा भएपछि मात्रै रिपोर्ट गरिने गरेकोमा हाल हङकङको स्थितिलाई मध्य नजर गर्दै विभिन्न खाले अफवाहहरु फैलिने सक्ने भएकोले प्रक्रिया चलिरहँदा नै रिपोर्ट गरिएको बताइएको छ ।

सन १९९७ देखि हालसम्म अद्ला बद्ली हुने यो २२ औं टोली रहेको बताइएको छ । हङकङको स्थिति र कानुनी प्रक्रिया बारे यो टुकडीलाई विशेष प्रशिक्षण दिएको पनि सिन्ह्वाले जनाएको छ ।
हङकङमा शान्ति कायम गर्न र राष्ट्रिय सार्वभौमिकतालाई अक्षुण्ण राख्न हङकङ सरकारले माग गरेमा जुनसुकै बेला पनि परिचालित हुन तम्तयार रहेको बताइएको छ ।हङकङमा करीब ७ हजारको संख्यामा सेना तैनाथ गरिने गरेको र तत्कालै संख्या बढाउने संभावना नरहेको सेना विज्ञलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

यस्तै अद्ला बद्ली मकाउमा तैनाथ सेनामा पनि गरिएको बताइन्छ । हालको परिस्थितिमा सेना परिचालन गरेर हङकङ र चीनको अर्थतन्त्र ध्वस्त पार्ने मनस्थितिमा केन्द्र सरकार देखिँदैन । तर हङकङको आन्दोलनलाई पश्चिमा राष्ट्रहरुको बहकाउमा चलिरहेको आतंकको संज्ञा दिँदै गंभीर स्थिति उब्जिए हात बाँधेर नबस्ने चेतावनी दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here