चिनियाँ गीतको कभर गर्दा बोन जोबी चीनमा प्रतिबन्धित

0
7

bonjovi

सन् १९८३मा बनेको जोन बोन जोबीको नेतृत्वमा रहेको ब्यान्ड बोन जोबीले विश्वभर आफ्नो कन्सर्ट गरे पनि चीनमा भने गर्न पाएको छैन । संघाई र बेजिङमा निर्धारित कार्यक्रमलाई सरकारले अनुमति नदिएपछि रद्द गरिएको छ । चीनको संस्कृति मन्त्रालयले ब्यान्डको आशामा तुषारापात गर्नुको कारण खुलाएको छैन तर विविध कारण हुन सक्ने अनुमान गर्न थालिएको छ।

मिडियाले अनुमान गरे अनुसार यस अमेरिकी ब्यान्डले २०१० को कन्सर्टमा दलाइ लामाको तस्वीर ब्याक ड्रपको रुपमा प्रयोग गर्नु र निर्वासित यी धार्मिक नेताको पक्षमा ट्विट गर्नु हुन सक्ने बताइएको छ।

त्यस्तै “We Weren’t Born To Follow” भन्ने २००९ को एल्बमको भिडियोमा तियानमेन स्क्वेयरका तस्वीरहरु राखेकोले पनि कार्यक्रम अनुमति नपाएको हुनसक्ने बताइएको छ ।

तर सबैभन्दा विश्वसनीय कारण चाहिँ बोन जोबीले चिनियाँ गीत गाएकोले भएको बताइएको छ । चिनियाँ प्रेम दिवस अगस्ट १९ मा बोन जोबीले चिनियाँ प्रेम गीत “The Moon Represents My Heart” (月亮代表我的心) गाएर सार्वजनिक गरेका थिए । जोनले उक्त गीत पर्फेक्ट गाए पनि उक्त गीतको ओरिजिनल गायिका भने चीनको नभएर ताइवानकी टेरेसा टेङ हुन् जो चीनकी कट्टर आलोचकको रुपमा चिनिन्छिन् । सन १९९५ मा देहान्त भएकी टेङलाई उनको जीवनकालमा चीनमा गाउन प्रतिबन्ध गरिएको थियो । बोन जोबीको उक्त कभर भिडियो युटुबमा १.४ मिलियनले र युकुमा १ लाखले हेरेका थिए ।

बोन जोबीले मकाउ र चीनमा भने सेप्टेम्बर २५ र २६ तारीख कन्सर्ट दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here