चिङ् यी मा दुर्घटना ५ को मृत्युु ..

प्रकाशित मिति
0
68

अपडेट –
दुर्घटनामा परेको बसले क्याथे प्यासिफिकका कर्मचारीहरुलाई एयरपोर्ट पुर्‍याउने क्रममा रहेको बताइन्छ भने मृत्यु हुनेमा बसका चालक नरहेको बताइन्छ, ६२ वर्षे बस चालक फोक चि समको प्रिन्सेस मागर्गरेट अस्पतालमा भइरहेको बताइन्छ । कुन्चुङ बस कम्पनीले चालकले यो सालको सुरुवातमा पनि सोही रुटमा बस दुर्घटना गराएको जनाएको छ । १२ घन्टे डिउटीले गर्दा चालक थकित भएको हुनाले दुर्घटना भएको हुनसक्ने आरोपलाई नकार्दै कम्पनीका सभापति वोङले गत मंगलबार मात्रै चालक फोक छुट्टीमा बसेको र यो महिना उनले जम्मा ८ दिन छुट्टी पाएको बताएका थिए । बस कम्पनीले चालकको लापर्वाही नै दुर्घटनाको कारण भएको तर्फ इंगित गरे पनि क्याथे प्यासिफिकको कर्मचारी युनियनले ड्राइभरलाई दोषको भारी भोकाएर कम्पनीले छूट पाउनु नहुने जिकिर गरेका छन् । कुन्चुङ कम्पनीले २०० रुटबाट क्याथेको कर्मचारी ओसार पसार गर्ने ठेक्का पाएको बताइन्छ ।

अत्यधिक तेज गतिमा एयरपोर्टको दिशाबाट  आएको कोच बसले बिसाइरहेको ट्याक्सीलाई ठक्कर दिँदा ५ जनाको मृत्युु भएको छ भने ३० जना घाइतेँ भएको बताइन्छ । आज बिहान ५ बजे चिङ यी को नर्थ वेस्ट इन्टरचेन्जमा सो घटना घटेको हो ।

मृतकहरुको विस्तृत विवरण नआए पनि मृत्यु हुनेमा ट्याक्सी चालक र बस चालक पनि रहेको बताइन्छ ।
घाइतेँहरुको यान्चाइ, मार्गरेट, इलिजाबेथ र क्यारिटस अस्पतालमा भइरहेको छ ।

केही समस्याको कारण आकस्मिक बत्ती बालेर बसेको ट्याक्सीलाई फुल स्पीडमा आएको बसले ठक्कर दिँदा कति यात्रीहरु बसबाट खसेको बताइन्छ ।

कतिपय अवस्थामा अनिँदोले बिहानै काममा पूर्ण सावधानी अपनाउन सकिँदैन , त्यसैले निद्रा स्वस्थ जीवनको लागि अपरिहार्य छ । मृतकहरुको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here