‘चामल नक्कली होइन!’- FEHD

प्रकाशित मिति
0
118

suspectedfakerice_10jan2017_1

जनवरी ९ तारीख रिपोर्ट भएको प्लास्टिकको चामल काण्डमा हङकङको फुड एन्ड हाइजिन डिपार्टमेन्टले अनुसन्धान गरी चामल सध्दे भएको जानकारी दिएको छ । हङकङका दुई रेस्टुरेन्टमा नक्कली चामलको फ्राइड राइस दिइएको आशंकामा छानबिनको लागि ग्राहकले रिपोर्ट गरेका थिए । फेसबुकमा भाइरल भएको भिडियोमा औंलाले किच्दाखेरि भातको सिता टुक्रिनुको सट्टा अस्वाभाविक रुपमा तन्केको भन्दै एक महिलाले पोस्ट गरेकी थिइन् ।

आरोपित ताउ हेङ रेस्टुरेन्टले आफ्नोतर्फबाट पनि चामल बिक्रेताले दिएको चामलको गुणस्तरमा अनुसन्धान गरेको बताइन्छ । फुड एन्ड हाइजिन डिपार्टमेन्टले चामलमा कुनै गडबडी नपाइएको बताउँदै कसैलाई अभियोग लाइहाल्नुपूर्व ग्राहकले चामलको प्रकार र प्रकृतिमा जानकारी राख्नुपर्ने बताएको छ । फरक फरक जातको चामल अनुसार पकाएपछि भातको सिता पनि फरक पर्ने उनीहरुको भनाइँ छ ।
त्यसैले हङकङमा नक्कली चामल भित्रिएको शंका हामी अहिलेलाई त्यागिदिऊँ, मज्जाले भात खाऊँ-स्वस्थ बनौं !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here