चानचुने पैसा चाहिँदैन भने यस्तो गर्नुहोस्…

प्रकाशित मिति
0
75

किनमेलगर्दा दोकानेहरुले सिक्का फिर्ता चैं दिन्छन् तर सिक्काले दाम तिर्दा भने अमिलो मुख लाउँछन् , यस्तो समस्या तपाईंले पनि भोग्नु भएकै होला ।
सानो कोठा त्यसमा पनि चानचुने सिक्काको पहाड बनेर हैरान हुनुहुन्छ होला ।
गन्नु पनि कतखेर गनिसक्नु? फ्याँक्नु पनि कसरी फ्याँक्नु?

यस्तो समस्यामा पर्नुभएको छ भने यो जानकारी तपाईंलाई लाभदायक हुनसक्छ ;
हुन त बैंकले सिक्का लिइदिन्छन् , लाइन लाग्नुपर्ने त्यसमाथि २% शुल्क लिने र तपाईंले नै गन्नुपर्ने अनेक  झंझट हुन सक्छन् ।

यसको विकल्पमा हङकङको मनिटरी अथोरीटीले विभिन्न स्थानमा मुद्रा संकलन गर्ने  कार्यक्रम संचालन गरिरहेको छ , तोकिएको ठाउँ र मितिमा संकलनको लागि भ्यानहरु खटाएको छ ।
यी भ्यानहरुमा गएर तपाईंले आफ्ना सिक्काहरुलाई कागजी नोटमा या अक्टोपसमा साट्न सक्नुहुन्छ ।
मेशिनले गन्ने भएकोले गर्दा आफूले गनिरहने झंझट पनि पर्दैन ।

तलको लिंकमा गएर आफूलाई पायक पर्ने ठाउँमा गएर यो सुविधाको प्रयोग गरी थुप्रिँदै गएको सिक्काको चिन्ताबाट मुक्ति पाउनुस्, जिन्दगीमा चिन्ता गर्नुपर्ने अरु थुप्रै विषयहरु छन् ,हगि?

सिक्का संकलन कार्यक्रमको विस्तृत विवरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here