“चाईनिज न्यु इयर” – इन्द्र थेगिम

प्रकाशित मिति
0
53

lisee

कुङ्है फाच्चोए यानी लुनर न्यु इयर।
यसपालि चार दिन छुट्टी परेछ।
दिन दुगुना रात चौगुना छ।
बोनस झर्यो होला,
लाईसी भेला गरे होलान्
अन्त पो,
सप्पै सप्पै
मकाउ जान्छन् , क्यासिनो धाउँछ्न् ।

पारीका चिनाहरु,
बोराको बोरा पैसा उडाउन जान्छन् ।

म नाथु को,
न बोनस झर्यो? न त लाईसी नै?
उल्लु को जुनि लिएर जन्म लिएसी,
आँखा कलेटी परुन्जेल,
रात रात भर जोतिनु परेको छ ।
गांठे! २ दशक आँखा चिम्लेर बितेछ ।
झोल पाउनु न चोक्टा पाउनु को काम यार!
यत्ती कमाउछु भनेर के सुनाउनु ?
ससेज र आलुको झोलमा महिना मार्नु छ।

सधैं हिंड्ने गल्ली र बाटोहरु
अर्किड फुलले ढाकेका छन् ।
फलफूलको डंगुर बोकेर,
कामकारी छोराछोरी हरु,
आमाबाबु भेट्न नर्सिङ होम जांदैछ्न् ।
ती प्रौढ बुढाबुढिको मुहार देख्दा,
यस्तो लाग्छ
जिन्दगीमा पहिलो पटक डेटिङ जांदैछन् ।
हात मा हात मिलाएर ‘याम्छा’ खांदैछ्न् ।
यहि चार दिनले बर्ष दिन पुर्याउनु छ,
जिन्दगी भरिलाई आफ्नो खुशी साट्दैछ्न् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here