ग्रान्ड्पा क्युलाई कुट्ने पक्राउ

प्रकाशित मिति
0
11

granpa-q

रेडियो कार्यक्रम संचालक ग्रान्ड्पा क्यु नाम गरेका ६५ वर्षे लाइचाक फनलाई मंगलबार कार चलाइरहँदा बिहान एबर्डिन टनलमा एउटा टुर बसले बाटो छेक्यो ।
टुर बस ३४ वर्षे ड्राइभरले उनलाई गाडीबाट थुतेर १० मुक्का हानेर भागेको बताइन्छ ।
सि वाई ल्योङका विरोधीको रुपमा परिचित ग्रान्ड्पा क्यु ले त्यस दिन आफ्नो नियमित कार्यक्रम स्थगित गर्नुपर्‍यो । उनले त्यसै दिन पुलिस रिपोर्ट गर्नुको साथै क्वीन मेरी अस्पतालमा उपचार गराए । पुलिसले उनीमाथिको हमला नियोजित नभई सडकमा ड्राइभिङ गर्दा उब्जेको निहुँ हुनसक्ने आशंका गरेको थियो ।

भोलिपल्ट बुधबार बिहान पुलिसलाई बयान दिन जान लाग्दा आफ्नो अफिस बाहिर त्यसै ड्राइभरलाई भेटे । आफूलाई फेरि पिट्न आएको हो कि के हो भनी उनले सोध्दा ड्राइभरले सेतो खाम दिँदै आफू चीनबाट हङकङमा नयाँ आएको र ग्रान्ड्पा क्युलाई नचिनेर भूल भएको भनी माफी मागे । ग्रान्ड पा क्युले खामभित्र पैसा राखेर दिन खोजेको हो भने लिन गैह्रकानुनी हुने बताए, तर ड्राइभरले त्यसमा माफी पत्र रहेको बताए । ग्रान्डपाले चिठी लिएनन् बरु आफूलाई पुलिसको सामु आत्मसमर्पण गर्ने सुझाव दिए ।

पुलिसले त्यस ड्राइभरलाई पक्राउ गरेको पु्ष्टि गरेको छ भने बस कम्पनीले त्यस ड्राइभरलाई जागिरबाट निकालिदिएको बताएको छ । ग्रान्ड पा भने कसैलाई पिट्दा कस्तो सजाय पाइन्छ भने शिक्षा दिन भए पनि त्यस ड्राइभरलाई सजाय दिलाउने पक्षमा छन् , सजायमा केही कटौती गराउन भने मद्दत गर्ने पक्षमा छन् । हुन पनि प्रौढ मान्छेलाई १० मुक्का कस्नेलाई माफी मागेको भरमा कहाँ छोड्नु हगि?

केही दिन अगाडि सिटिबस र ट्याक्सीको ‘रोड रेज’ को समाचार हत्तेरीमा हेर्नु नै भयो होला, यसरी त गाडी चलाउँदा पनि चिनाको पिटाई खाइने डर भो त, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here