गोरुलेे सुपर मार्केटमा मनायो न्यु इयर !

प्रकाशित मिति
0
58


हिजो बिहिबार साँझ लान्ताउ आइलैन्ड मुइ वो को एक सुपर मार्केटमा अप्रत्याशित रुपमा भोकाएर आएको एक हूल गोरु पसेर बकेटमा राखिएको फलफल खाएको भीडियो यतिबेला सामाजिक संजाल भाइरल बनेको छ।
न्यु इयर मनाउन सुपर मार्केटमा पसेका ३ जंगली गोरुहरुले विशेषगरी फलफूलमा स्याउ र चेरी मन पराएर खाएको थियो भने केरा चैँ नखाएको प्रत्यक्षदर्शीले बताएको छ ।
यसरी गोरुको हूल पसे पछि सुपर मार्केट स्टाफले प्रहरीलाई खबर गरि अन्य सामानहरु खानबाट सतर्कता गराई अन्त सारिएको थियो ।
“लान्ताउ बफेल्लो एसोसिएसनका” अध्यक्ष “हो लोइ” अनुसार यसरी मार्केटको दृश्य देख्दा भने जंगलमा मान्छेहरुको चाप सँगै प्रदुषण बढेर प्रसस्त मात्रामा घाँसहरु नपलाएर गाई गोरुलाई चरनमा साघुरो भएको हुन सक्ने बताएको छ ।

– गोरुहरुले पनि कुङ हेइ फात चोई मनाएछ हगि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here