गुलजार र आर डी बर्मनको ‘लगेज सङ्’

0
3

सन १९८७ मा रिलिज भएको चलचित्र ‘इजाजत’को लागि निर्देशक/गीतकार गुल्जारले जब यो गीत धुन भर्नुको लागि संगीतकार आर डि बर्मनलाई देखाए ।

मेरा कुछ सामान तुम्हारे पास पड़ा है
सावन के कुछ भीगे भीगे दिन रखे हैं
और मेरे एक खत में लिपटी रात पड़ी है
वो रात भुला दो, मेरा वो सामान लौटा दो
मेरा कुछ सामान तुम्हारे पास पड़ा है

भनिन्छ संगीतकार आर डी बर्मनले गीत नबुझेर ‘अब समाचारमा पनि संगीत भर्नु लाउँछौ?’ भनेर प्रतिक्रिया दिए तर साथमा रहेकी गायिका आशा भोस्लेले
गीतलाई गुनगुनाई, उनको गुनगुनलाई नै टिपेर आर डी बर्मनले बलिउडको फिल्मी संगीतको यो ऐतिहासिक गीत तैयार पारे ।

जसले गायिका र गीतकारलाई त्यस समयको नेशनल अवार्ड दिलायो । आशा भोस्लेलाई यसै गीतदेखि एक गंभीर बहुआयामिक गायिकाको रुपमा मान्न थालियो ।
यो गीतले आफ्नो कथा बोकेको र सधैं आफ्नो मनको नजिक रहेको उनले बताउने गरेकी छिन् ।
संगीतकार आर डी बर्मनले चैं ठट्यौलीको रुपमा पछिसम्म यसलाई ‘लगेजको गीत’ भनेर भन्ने गरेको बताइन्छ ।

‘११६ जुनेली रात’ भनिएकोमा ११६ को विभिन्न ब्याख्या हुँदै आएकोमा किन ११६ नै भनेर गीतकारलाई सोधिने गरेकोमा गुल्जारले अंक भन्दा पनि कसैले गनेको कुरालाई महत्व दिनुपर्ने बताएको पाइन्छ ।
संयोगको कुरा भने, गुल्जार र आर डी बर्मनले जम्मा ११६ गीतमा सहकार्य गरे ।

यस गीतमा आफ्नो निवर्तमान मायालुलाई अविस्मरणीय पलहरु फर्काउन अनुरोध गरिएको भाव छ ।

‘मेरो केही चीजहरु’ (भाव अनुवाद)

मेरो केही चीजहरु
छुटेछन् तिम्रोमा
सावनमा भिजेका केही दिन संगालेँथेँ
चिठीको माझमा
दोबरेका केही रात पनि
ती रात निभाइदेऊ
मेरा ती चीजहरु मलाई फर्काइदेऊ

शिशिरको याम थियो, हगि?
शिशिरको याम थियो पातहरु खस्दाको चीत्कार
कानमा पहिरेर आएँथेँ फेरि एक बार
शिशिरको त्यो हाँगा काँपिरहेछ अझै
त्यो हाँगा झारिदेऊ
मेरा ती चीजहरु मलाई फर्काइदेऊ

एउटी एक्ली छतरी मुनि
आधा आधा भिजेथ्यौं  हामी
आधा सुकिलो आधा भिजेको
सुकिलो जति बोकिल्याएछु आफूसँग
भिजेको  मेरो मन सायद
ओछ्यानको छेवैमा होला
त्यो पनि पठादेऊ
मेरा ती चीजहरु मलाई फर्काइदेऊ

११६ जुनेली रात
१ वटा कोठी तिम्रो काँध
नसुकेको मेहेन्दीको गन्ध
झुट्टा रिसारिस नखराहरु
झुट्टा ती वाचाहरु पनि याद गराइदिऊँ कि?
सप्पै सप्पै पठाइदेऊ
मेरा ती चीजहरु मलाई फर्काइदेऊ

केवल एउटा अनुमति देऊ
जब यिनलाई म पुर्नेछु
आफू पनि यिनैमाथि निदाउनेछु

 

 

फिल्मः इज़ाज़त (1987)
गायक/गायिकाः आशा भोंसले
संगीतकारः आर. डी. बर्मन
गीतकारः गुलज़ार
कलाकारः रेखा, नसीरुद्दीन शाह, अनुराधा पटेल

मेरा कुछ सामान तुम्हारे पास पड़ा है
सावन के कुछ भीगे भीगे दिन रखे हैं
और मेरे एक खत में लिपटी रात पड़ी है
वो रात भुला दो, मेरा वो सामान लौटा दो
मेरा कुछ सामान तुम्हारे पास पड़ा है

पतझड़ है कुछ … है ना ?
पतझड़ में कुछ पत्तों के गिरने की आहट
कानों में एक बार पहन के लौट आई थी
पतझड़ की वो शाख अभी तक कांप रही है
वो शाख गिरा दो, मेरा वो सामान लौटा दो

एक अकेली छतरी में जब आधे आधे भीग रहे थे
आधे सूखे आधे गीले, सुखा तो मैं ले आयी थी
गीला मन शायद बिस्तर के पास पड़ा हो !
वो भिजवा दो, मेरा वो सामान लौटा दो

एक सौ सोला चांद कि रातें एक तुम्हारे कांधे का तिल
गीली मेंहदी कि खुशबू, झुठ-मूठ के शिकवे कुछ
झूठ-मूठ के वादे सब याद करा दूँ
सब भिजवा दो, मेरा वो सामान लौटा दो

एक इजाज़त दे दो बस, जब इसको दफ़नाऊँगी
मैं भी वहीं सो जाऊंगी
मैं भी वहीं सो जाऊंगी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here