गुरु पूर्णिमा -भेटघाट

प्रकाशित मिति
0
161

image

हिजो साँझ गुरु पूर्णिमा, गायक ज्ञान सुब्बाको पहलमा “लूम्बिनी क्लव” जोर्डनमा बरिष्ठ संगीतकार दिनेश सुब्बा “गुरु” भेट साथै डिनर कार्यक्रम गरियो । गत बर्ष ज्ञान सुब्बालाई श्रीमती शान्ती लिम्बूले गुरुका लागि “खीर” पकाएर पठाउनु भएको थियो , भने यो पालि पनि उनले रबिन राईको हातमा आफ्नै “संगम स्टोर”बाट मिठाई पठाउनु भएको थियो ।

समय अभाव र ब्यस्तताको कारण सबै गीत,संगीत कर्मीहरु उपस्थित हुन नसके पनि, गुरु दिनेश सुब्बा, श्रीमती अनिता गुरुङ, छोरा नितान्त सुब्बा, ज्ञान सुब्बा, कृष्णभक्त महर्जन, तेज राई ,रबिन बान्तवा खाहोङ् राई , निरज राई , सुरोज लिम्बू ,मनु कन्दङवा लगायत अन्य उपस्थितीहरु थियो ।

image
संगीतकर्मी अल्मोडासँग दिनेश सुब्बा र सुरोज

विशेष त नेपाल बाट आएका कृपा अन्प्लडका संगीत संयोजक Almoda rana uprety ढिलै भए पनि उपस्थित भएका थिए । उनी निकट भविष्यमा हुन गईरहेको कृपा अन्प्लड “सो” का लागि, हङकङ साईट निरिक्षणमा आएका थिए ।
उनको उपस्थिती सँगै केही बेर गीत संगीतका बारे चर्चा परिचर्चा भयो , सोही क्रमा दिनेश सुब्बाले ,हङकङका कलाकारहरुको बारेमा बताउँदै उनलाई केही सुझाबहरु दिनुका साथै नयाँ जेनेरेसनहरुको कामको पनि खुलेर प्रसंशा गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here