गीतकार हेम लावतीको नेपाल भ्रमणको अनुभव

प्रकाशित मिति
0
36

radio interview

करीब १ दशकपछि नेपाल गएका हेमकुमार लावतीले यसपालि ‘पूजा पनि हुने, भुजा पनि हुने’ भने जस्तै छोरीलाई नेपाली नागरिकता दिलाउन जाँदा आफ्नो पहिलो एल्बम “निभाउनु नआउनू आगो”को अडियो विमोचन समेत गरेर आए । आयामेली कवि तथा लिम्बू संस्कृतिविद वैरागी काइँलाको हातबाट आफ्नो पहिलो एल्बम विमोचन गराएर जीवनको एउटा ठूलो अभीष्ट पूरागरेका यी गीतकारले गीतकार समाजको सदस्यता समेत लिन भ्याए ।

hem bimochan

“कतिको मुर्गा बनियो त होउ, हेदा(हेम दाइ)?” भनेर प्रश्न गर्दा “मुर्गा त होइन चल्ला सम्म चाहिँ बनाए साथीहरुले तर निरोजले मलाई साह्रै जोगायो” भनेर संगीतकार-गायक निरोज लामा प्रति कृतज्ञता होङकोङबाटै कृतज्ञता जनाउदछन् । “तर आजकाल नेपालकाले होइन बाहिर बसेकाले
नेपालका साथीहरुलाई मुर्गा बनाउँदा रहेछन् , काम लगायो अनि विदेश गएपछि पैसा पठाइदिन्छु भनेर छुमन्तर हुँदारहेछन् “, उनी थप्छन् ।

आफ्ना माता पिता यस दुनियाँमा नरहनुभएपछि नेपाल जान उत्साह नगरेका हेम लावतीलाई जैविक सन्तान र भावनात्मक सन्तानका कामले नेपाल तानेर पुर्‍यायो ।यसपालिको नेपाल भ्रमण छोरीको काम र एल्बमको काममा खर्चेका उनी सानातिना स्टार नै भइगए, रेडियो नेपाल लगायत ८-१० वटा एफ एममा अन्तर्वार्ता दिन भ्याए, स्थानीय तथा राष्ट्रिय स्तरका पत्रपत्रिकामा समाचार बने, टेलिभिजनहरुमा भने भिजुयल नबनिसकेकोले सगरमाथा टेलिभिजनमा मात्रै प्रस्तुत हुन सके ।सगरमाथा टेलिभिजनको “प्ले इट अन” कार्यक्रममा अन्तर्वार्ता दिने तय भएका उनी बन्दका कारण मुश्किलले उक्त लाइभ कार्यक्रममा आधा समय सकेपछि मात्रै प्रस्तुत हुन सके ।

नेपालको कला तथा संगीत क्षेत्रमा उनी नयाँ भने होइनन् । ५० को दशकमा बनेको चलचित्र “परिभाषा” का निर्माण नियन्त्रक रहेका हेम लावतीले नै न्यहु बज्राचार्यलाई उक्त चलचित्रको लागि संगीतकारमा सिफारिस गरेका थिए, जुन न्यहुको लागि ठूलो पर्दाको लागि पहिलो ब्रेक थियो । २० वर्षपछि हेमले न्यहुसँग पनि भेटेर आए । सहकार्यकाको क्रममा पुराना पुस्ताकी वरिष्ठ गायिका बिमला सेन्च्युरीलाई पनि भेट्ने सौभाग्य पाए । नयाँ पुस्ताकी गायिका बानिका प्रधानको प्रतिभा, अनुशासन र लगनबाट साह्रै प्रभावित भए । गीतकार भावेश भुमरीको सहयोग र मार्गदर्शनको लागि कृतज्ञ भए ।

सबै गीतको भिडियो बनाएर डिभिडी प्रस्तुत गर्न लागेका उनी सुटिङको दौरान सुटिङ युनिटसँग सँगै कुदे । चलचित्र क्षेत्रको पुरानो अनुभवी हेमले ५० कै दशकमा टेलिफिल्म “रामप्रसाद”, ठूलो पर्दाको चलचित्र “परिभाषा” मा अभिनय गरिसकेका हुन् । लिम्बू भाषाको चलचित्र “तरेवा” मा निर्माण नियन्त्रण गरिरहेको बखत नायकमा अनुबन्धित प्रेम सुब्बा बाहिर झगडा परेर घाइते भएपछि नायकको अभाव भएपछि नायकको रोल पनि उनले झन्डै उडाएका हुन् । टिमका सबैले उनलाई नायकको लागि धकेले पनि उनकै साथी निर्देशनक नविन सुब्बाले नायिका शोभासँग जोडी नमिल्ने भन्दै रिजेक्ट गरिदिए । त्यसपछि विज्ञापन मार्फत नायकको लागि नरप्रसाद लिम्बू चलचित्र “तरेवा”को लागि छनोट भए । यसपालि सबै ब्यस्तता पन्छाई नविन सुब्बा पनि उनको विमोचनमा झुल्किए ।

https://www.youtube.com/watch?v=Nb7e0UmZaZ4&sns=fb

निर्देशक भुषण दाहालकोमा उनको शीर्षक गीत “निभाउनु नआउनू आगो”को म्युजिक भिडियोको काम महिनौंदेखि थन्किएर बसेको थियो । संगीतकार निरोजको सिफारिसमा अग्रीम भुक्तानी गरिसके पनि काम नहुँदा उनी दाहालसँग बेखुस भइरहेका थिए र साइनोले साला पर्ने निरोजलाई रकम फिर्ता गराउन दबाब पनि दिन थालेका थिए । तर एल्बम विमोचन हुन २ दिन अगाडि सुटिङ गरेर, १ दिन अगाडि एडिटिङमा बसेर, विमोचनका दिन दाहालले भिडियो तैयार गरेर दिए । गायक प्रमोद खरेलले नै अभिनय गरेको उक्त भिडियो नै आखिर हेमलाई सर्वश्रेष्ठ लाग्यो , भुषण दाहालको सिर्जनात्मक क्षमताप्रति नतमस्तक बने ।

hem interview

दिनेश सुब्बा को हिमालय टोन्स म्युजिक एकेडेमीमा संगीतकार दिनेश सुब्बालाई मायाको चिनो टक्राइसकेपछि, उनले हामीलाई गीतका भिडियोहरु देखाए । “कहिले राति निद्रा नि पर्दैन” बोलको गीत सुनेर संगीतकार सुब्बाले बिमला सेन्च्युरी प्रधानको जति खुलेर तारिफ गरे, उति नै उनको संगीत रहेको “आकाश उहि धर्ती उहि सीमाना छ वारिपारी” बोलमा बानिका प्रधानले गाएको सुनेर फुरुङ्गै भए ।

hedadida

कुनै बेला सृजनात्मक क्षेत्रबाट भूमिगत बसेर पाठक र विश्लेषक बनेका हेमकुमार लावती पहिलो पटक “नरदेन रुम्बा स्मृति साँझ” मा २०१४ मा सार्वजनि भएका हुन ।उनले आफ्नो डायरीको गीत फोटो खिचेर फेसबुकमा हालेपछि, सबैले गीत लेख्न हौस्याएका उनलाई आज उनी समीक्षक समाजका नेता छन् , सक्रिय रुपमा गीत लेखन र रेकर्डिङ गराइरहेका छन् । हालसम्म उनले १५-२० गीत रेकर्ड गरिसकेका उनी गीत संग्रहको पुस्तक निकाल्दै छन् , ४९ वर्ष सम्मका सृजनात्मक निस्क्रियतालाई उनले यो १ वर्षमा ठूलो फड्को मारेर भेटेको साथीहरुको विचार रहेको छ। नेपालमा अडियो विमोचन गरेर आएका गीतकार हेम लावती चाँडै एक कार्यक्रम सहित डि भि डि होङकोङमा विमोचन गर्दैछन् , उनलाई हत्तेरी डट कम को शुभकामना !

nagarik

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here