गिदी बिनाको लास परिवारलाई बुझाइयो…

0
3

मृतकको गिदी बिनाको शव परिवारलाई सुपुर्दगी गरेको भन्दै गल्तीप्रति हङकङ पब्लिक हस्पिटलको मेनेजमेन्टले हिंजो शुक्रबार क्षमा याचना गरेको छ ।

सेङ सुईमा अवस्थित नर्थ डिस्ट्रिक्ट हस्पिटलमा मस्तिष्क रोगी ७१ वर्षीया वृध्दाको मृत शरिर गत मार्च २ तारीख अटोप्सीको लागि भनी पठाइएकोमा उनको गिदी झिकेर ल्याब परीक्षणको लागि राखिएको थियो ।
तर अप्रिल ६ तारीख शव काज क्रियाको लागि अस्पतालले परिवारलाई सुम्पियो ।

अप्रिल १० तारीख ल्याब परीक्षणको निर्धारित मिति आएपछि गिदी खोज्दा ल्याबमा नभेटिएको बताइन्छ । स्याम्पल रुमको स्टोरमा ताला लाउने ब्यवस्था वा सिसिटिभी क्यामेराको ब्यवस्था नरहेको बताइन्छ ।
अस्पतालले पीडित परिवारसँग क्षमा याचना गर्दै पुलिस अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।

“चिनियाँ संस्कार अनुसार दाह संस्कार गर्दा मृतकको सबै अंग नहुँदा सदगत हुँदैन । अटोप्सी गरिसकेर फिर्ता गर्ने बेलामा शरिरका सबै अंग रहे नरहेको जाँच नगरी दाह संस्कारको लागि किन परिवारलाई हस्तान्तरण गरियो?”भन्दै नागरिक समुदायबाट प्रश्न गरिएको छ ।

सामान्य प्राविधिक त्रुटि जस्तो लागे पनि यो घटना मृतकको परिवारको भावनामा ठेस पुर्‍याउने खालको हो । हङकङ जस्तो देशमा यस्तो गल्ती हुन्छ भने हाम्रो नेपाल (जहाँ जिउँदोको त कदर हुँदैन) मा के कस्तो ब्यवस्था छ होला, हगि?
अब गिदी भेटिएको खण्डमा फेरि दाह संस्कार गर्नुपर्ने हो कि के गर्नुपर्ने हो? कस्तो कस्तो समस्या आइपर्छ ,दाह संस्कार पनि किस्ता किस्तामा, हगि?

मृतकको आत्माले चीर शान्ति पाओस्!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here