गायक दिप श्रेष्ठको ५० वर्षे यात्रा सरगम साँझमा

प्रकाशित मिति
0
188
‘फूलको गाला भिजाएर शीत रोयो रातभर”

यो कोलाहल र सबैखाले रोग-प्रदुषणको समयमा ५० अधिक बाँच्नु नै एउटा उपलब्धि जस्तो लाग्छ , गायक दिप श्रेष्ठले भने गायन यात्राको ५० वर्ष गाँठ मनाए हिंजो याउ मा तेई को कम्युनिटी हलको ‘सरगम साँझ-३’ मा !

नेपालबाटै वाद्यवादक समूहका साथ आएका गायकले आफ्ना चर्चित गीतहरु ‘भन्थी मेरी उनी’, ‘मुटुको ढोका खोलेर राख्छु’, ‘हर रात सपनीमा’,’बितेका कुराले’, ‘म त दूर देखि’, आदि सुनाउँदै स्रोतालाई मन्त्र मुग्ध त पारे नै । ७० वर्षको संघारमा रहेका उनले आफ्नी छोरी दृष्टि श्रेष्ठलाई स्टेजमा प्रस्तुत गर्दै कला हस्तान्तरणको संकेत समेत दिए । कुनै बेला दिदी बैनी सरला-सोफिया गुरुङले रेडियो नेपालमा रेकर्ड गराएको शिवशंकर थापाको शब्द “फूलको गाला भिजाएर” लाई छ्यामा-छोरी सरला र दृष्टि श्रेष्ठले प्रस्तुत गरे, दिप श्रेष्ठले पार्श्व स्वर प्रदान गरे ।

स्थानीय कलाकारहरुको प्रशंसा गर्ने क्रममा उनले संगीतकार दिनेश सुब्बालाई ‘संगीतको एक विश्व विद्यालय’ भन्दै तारिफ गरे । आफ्नो गीत “हर रात सपनीमा ऐँठन हुन्छ” पनि बन्ने क्रममै रहेको बेला हङकङमा सुनाएको स्मरण गरे । दिनेश सुब्बाले गायक श्रेष्ठको सम्मानमा उनकै गीत “संझी बसेँ तिमीलाई” प्रस्तुत गरे ।

“धरान जहाँ म जन्मेँ,हुर्केँ, पढेँ-बढेँ , त्यहाँबाट मेरो ५० वर्षको संगीत यात्रा बारे केही होला भन्ने अपेक्षा गरेको थिएँ तर त्यस्तो केही भएन । तर हङकङले मलाई संझियो ”
गायक श्रेष्ठले हङकङबासी नेपाली र आयोजकप्रति कृतज्ञता जाहेर गरे । नसोध देशले मलाई के दियो, बरु सोध देशलाई मैले के दिएँ? भन्छन् भन्नेहरु, ‘धरानलाई दिप श्रेष्ठले चैं के दिए त?’ भनेर सोध्न पनि सकिन्छ । तर भोलिको दिनमा गएर ‘नेपाली संगीतमा नयाँ आयाम ल्याउने महान गायक दिप श्रेष्ठको ठाउँ’ भनेर प्रतिष्ठा पाउने, संग्रहालय बन्ने ठाउँ त धरानै हो नि, हगि?

५-१० वर्ष कुनै काम गरेपछि जाँगर मरेर जान्छ, ५०-५० वर्ष उतिकै फुर्तिलो गायन यात्रामा बढ्नु भनेको निश्चयै पनि अभिनन्दनिय काम हो । ५० वर्षको यात्रामा बनेका गीतहरुमध्ये समय सीमाले गर्दा आधा आधा मात्रै भए पनि गायक श्रेष्ठले स्रोताको सांगीतिक तिर्सना मेट्ने कोशिस गरे । ‘सरगम साँझ’को अघिल्ला श्रृङखलाहरुमा प्रेमध्वज प्रधान र दिपक जंगमलाई प्रस्तुत गरिसकेको आयोजक नेपाल क्लब बधाईको हकदार रहेको छ, आग्रह-पूर्वाग्रहहरु त जोसँग-जेसँग-जहिल्यै पनि राख्न सकिन्छ नि, हगि?

 

तस्वीर सौजन्य ः छेवाङ लामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here