गहना पसलमा पेस्तोल देखाई लुट्ने प्रयास..

प्रकाशित मिति
0
45

armed robbery armed robbery2

एक ६३ वर्षे चोरले चिम सा चुई को हानकाउ रोडको गरगहना पसलमा पेस्तोल निकालेर लुट्ने प्रयास गरे ।शुक्रबार बिहान १० बजे भर्खरै दोकान खोलेको बेला महिला कामदार र दोकान मालिकलाई धम्क्याउँदै मास्क लगाएर आएको चोरले आफूसँग सक्कली पेस्तोल रहेको भन्दै लुट्ने कोशिस गरे ।
नयाँ र बारम्बार सक्कली पेस्तोल भनेकोले दोकान मालिक ह्यारी ली ले नक्कली पेस्तोल देखाएको शंका गरी ७७ वर्षे दोकानदार चोरसँग भिडे ।

चोरले महिला कामदारलाई धकेलेर अघि बढ्न लाग्दा ली ले पेस्तोललाई झम्टिए तर खोस्न भने सकेनन् । गोली चलाउन छोडेर (पक्कै नक्कली नै होला) चोर त्यसपछि कुलेलम ठोक्न लाग्यो तर ली ले गुहार गरेपछि अर्को दोकानेले चोरलाई लखेटे, त्यसै क्षेत्रमा डिउटी गरिरहेका पुलिसले चोरलाई पक्रिए । चोर र हतियारलाई अनुसन्धानको लागि प्रहरीले कब्जामा लिएको छ ।

६३ वर्षको प्रौढ मान्छे पनि लुट्न खोज्ने? अब पापको डर, धर्मकर्म भन्ने केही रहेनछ, हत्तेरी!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here