गलत तथ्याङ्क सहित हाउसिङ आवेदन गर्ने पक्राउ

प्रकाशित मिति
0
1562
गलत तथ्याङ्क सहित हाउसिङ आवेदन गर्ने पक्राउ

सन २०१२ मा गभर्मेन्ट हाउसिङको लागि आवेदन दिएका पति पत्नी लाई ६ सालको प्रतीक्षा पछि सन २०१८ को मे महिनामा घरको चाबी बुझ्न बोलाइयो ।
चाबी बुझ्न बोलाएको ४ महिना अघि नै पतिको निधन भइसकेको भए पनि पत्नी ली ले श्रीमानको पनि जाली दस्तखत गर्दै फ्ल्याट बुझिन् ।
तर अगस्टमा हाउसिङ अथोरिटीले त्यो कुरा थाह पाई पुलिसलाई रिपोर्ट गरी ६२ वर्षे ली लाई पक्राउ गरेको थियो ।

गभर्मेन्ट हाउसबाट निकाल्नुको साथै उनलाई अदालतले ४ हप्ताको जेल सजाय दिएको छ ।

उनको पतिको निधन भइसकेको जानकारी नलुकाई सम्बन्धित अधिकारीलाई जानकारी दिएको भए पनि उनले
पाउने सुविधामा खासै फरक नपर्ने बताइन्छ, किनकि १ जनाले पाउने वा २ जनाले पाउने फ्ल्याटको साइज उत्रै हुने बताइन्छ ।

हङकङमा बसोबासको समस्या, महँगी र जीवन साथीको वियोगले श्रीमती ली ले गलत निर्णय गरिन् होलिन् ,कठै!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here