गर्भवतीलाई भेदभावपूर्ण ब्यवहार गरेको भन्दै बैंकमाथि मुध्दा…

0
2

गर्भवती भएको बेलामा आफूलाई भेदभावपूर्ण ब्यवहार गरेको भन्दै एक स्वीस् बैंककी पूर्व कर्मचारी महिलाले बैंकमाथि मुध्दा ठोकेकी छिन् ।
एलिनोर मेरी नामकी ती महिलाले आफ्नो सुपरभाइजर र बैंक जे साफ्रा सारासिनलाई प्रतिवादी बनाई १३ लाख ७० हजारको क्षतिपूर्तिको माग गरेकी छिन् ।

सन् २०१६ को जुलाई महिनामा बैंकको डाइरेक्टर पदमा भर्ना भएकी उनी १७ सालको फेब्रुअरीमा गर्भवती भएकी बताइन्छ ।
उनको सुपरभाइजर फिरोज सुखले उनी गर्भवती हुनाले उनको कार्यदक्षतामाथि असर पर्ने र संपूर्ण टिमलाई प्रभाव पार्ने खालको
अभिब्यक्ति दिएको उनको आरोप छ । दुर्भाग्यवश उनको ८ हप्ताको गर्भ तुहिएपछि सुखले उनलाई काममा ध्यान दिएर परिवारलाई
आर्थिक रुपमा दरिलो बनाउन सल्लाह दिएको बताइन्छ, उनको श्रीमानले भन्दा उनले धेरै कमाउने भएकोले त्यो जागिरलाई उनले महत्व दिनुपर्ने
सल्लाह पनि सुखले एलिनोरलाई दिएको बताइन्छ । तर गर्भपतनको कारण उनको स्वास्थ्यमा समस्या आएपछि अस्पतालले सिक लिभ दिइरहेकै
बेलामा उनलाई जागिरबाट बर्खास्त गरिएको उनको आरोप छ ।

आर्थिक क्षतिपूर्तिको साथै बैंकको तर्फबाट माफीनामाको साथै आफ्नो कर्मचारीलाई सचेतना तालिम दिनुपर्ने माग एलिनोरले राखेकी छिन् । बुधबार दर्ता गरिएको मुध्दाको पहिलो सुनुवाई २२ मे मा राखिएको छ ।

हामीमध्ये कतिजना कति ठाउँमा टाउके भइरहेका होऊँला हामी पनि बेलैमा सचेत भएर गर्भवतीहरुप्रति उचित ब्यवहार गरौं ल, नत्र मिस्टर सुखले झैं दुख पाउनुपर्ने होला, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here