क्यारी लामले सुपुर्दगी प्रस्ताव फिर्ता लिने

प्रकाशित मिति
0
622

अन्ततः आन्दोलनकारीहरुको ५ माग मध्येको प्रमुख माग  सुपुर्दगी प्रस्ताव फिर्ता लिन क्यारी लाम सरकार तैयार भएको बताइन्छ ।

स्रोतका अनुसार निलम्बित अवस्थामा राखिएको बिल औपचारिक रुपमा फिर्ता लिनु पूर्व आज बेइजिङ पक्षधर पार्टीका ४३ विधायकलाई छलफलको लागि आज  ४ बजे डाकेको बताइएको छ । छलफलपछि आजै उक्त घोषणा हुने खुल्नमा आएको छ।

यस माग बाहेक पक्राउ गरिएका आन्दोलनकारी विरुद्धको मुद्दा फिर्ता गर्नुपर्ने , आन्दोलनमा गरिएको दमन बारे छानबिन आयोग गठन हुनुपर्ने ,आन्दोलनलाई दिइएको  ‘दंगा ‘को संज्ञा हटाउनुपर्ने , राजनीतिक सुधार तर्फ अग्रसर हुनुपर्ने माग रहेका छन् ।

आन्दोलनकारीको प्रमुख माग पूरा भएपछि १३ औं हप्तामा चलिरहेको आन्दोलन मत्थर भएर जनजीवन सामान्य अवस्थामा फर्केला कि त?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here