क्यारी लामलाई चीनले हटाउने हल्ला ….

प्रकाशित मिति
0
2175
Carrie Lam, Hong Kong's chief executive, pauses during a news conference in Hong Kong, China, on Saturday, June 15, 2019. The Hong Kong government will suspend consideration of a China-backed extradition bill that has triggered some of the biggest mass protests since the former British colony's return to China. Photographer: Justin Chin/Bloomberg

क्यारी लाम लाई बर्खास्त गरेर हङकङमा नयाँ सि इ ओ ल्याउने हल्ला गलत भएको बेइजिङले जनाएको छ ।

युके बाट प्रकाशित हुने फाइनान्स टाइम्सले विशेष सुत्रको हवाला दिँदै चीन क्यारी लामको कार्यशैलीबाट असन्तुष्ट रहेको र आन्दोलन साम्य हुनासाथ मार्चतिर उनको सट्टामा बाँकी रहेको पदावधी सन २०२२ सम्मको लागि हङकङ मनिटेरी अथोरोटीका भूपू प्रमुख नोर्म्यान चान र पूर्व फाइनान्स सेक्रेटरी मध्ये एकलाई नियुक्त गर्ने उल्लेख गरेको थियो ।

चीनको विदेश मन्त्रालयले समाचार गलत रहेको भन्दै पश्चिमा शक्तिहरुले गलत उद्देश्यले निर्दिष्ट भएर उनीहरुले त्यस्तो हल्ला चलाएको बताएको छ ।

आज औपचारिक रुपमा प्रस्तावित सुपुर्दगी कानुनलाई विधान परिषदबाट रद्द गरियो । यसरी २० हप्तामा चलिरहको आन्दोलनको मूल कारक तत्वको विधिवत विसर्जन हुँदासम्म क्यारी लामको लोकप्रियता हङकङे जनतामा बेस्सरी घटे पनि बेइजिङले उनीप्रतिको विश्वास डगमगाएको छैन ।

आज बिहान बिहान सबैतिर क्यारी लामलाई हटाइने हेडलाइन परेर मख्ख पर्नुभएको थियो होला तर बेलुकासम्म ‘यी हल्लाहरु हुन तिमीले सुनेका’ भन्ने गीत जस्तै मात्रै भएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here