क्याथे प्यासेफिकका कर्मचारी बर्खास्त…

प्रकाशित मिति
0
691

हङकङ पुलिस फुटबल टिमका पुलिस जवानहरुको ब्यक्तिगत विवरण चुहाएको आरोपमा क्याथे प्यासेफिक एयरवेजका दुई एयरपोर्ट कर्मचारीलाई बर्खास्त गरिएको छ ।पुलिस टिम चीनको छेङ्दु जाँदा क्याथे बाट गएको बताइन्छ । त्यसै गरी आन्दोलनमा सहभागी भई दंगामा सामेल भएको आरोप लागेका पाइलटलाई पनि डिउटी बाट निष्काशित गरेको बताइन्छ । उनलाई सेङ वानमा जुलाई २८ तारीखको आन्दोलनमा पक्राउ गरिएको थियो , उनले जुलाई १५ देखि नै कुनै उडान नगरेको बताइन्छ ।

आन्दोलनमा सहभागी भएका क्याथे कर्मचारीलाई चीन उडान भर्न चीनले बन्देज गरेको छ । कम्पनीको ब्यवसायमा असर पर्ने भएकोले क्याथे प्रशासनले आफ्ना कर्मचारीहरुलाई राजनैतिक मामिलामा सरिक नहुन परिपत्र जारी गरेको छ । गत बुधबार कम्पनीका प्रमुख जोन लोसारले भने २७ हजार कर्मचारीको स्वतन्त्र ढंगले सोँच्ने हक हनन गर्न नसकिने बताएका थिए । चिनियाँहरुले क्याथे प्यासेफिक एयर लाइन्सलाई र ताइवानबाट लोकप्रिय बनेको बबल टि लाई बहिष्कार गर्ने अभियान छेडेका छन् ।

स्वतन्त्र ताइवानको विरोध गर्दै चिनियाँहरुले प्यासै मरे पनि ताइवानी बबल टी नपिउने

यसैबीच हङकङे फिल्मकर्मीहरुले ताइवानमा हुने चिनियाँ भाषी चलचित्रहरु सामेल हुने बहुप्रतिष्ठित गोल्डेन हर्स अवार्डबाट आफ्नो सहभागिता फिर्ता लिएका छन्, त्यसको सट्टमा चीनको गोल्डेन रुस्टर अवार्ड र हन्ड्रेड फ्लावर फिल्म फेस्टिभलमा सहभागिता जनाउने बुझिन्छ ।

बलवान चीनको विरुध्दमा नकारात्मक टिप्पणी गर्नु अघि जो कोहीले १० पटक सोँच्नुपर्ने देखिन्छ है ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here