कोरियामा मोड्लिङ गर्दै सुनिल

प्रकाशित मिति
0
129

sunil

यति बेला संसार भरि छरिएर रहेका जति पनि नेपालीहरु , कोही रोजगार त कोही पढाइको सिलसिलामा विदेशिएका छन् ,विशेष त युवाहरु ।विदेशमा त्यति सजिलो भने छैन , पढ्न गएका स्टुडेन्टहरु काम र पढाइ दुवै सम्हाल्नु पर्ने हुन्छ , भने रोजगारीमा गएकाहरु बाह्र देखि सोह्र घन्टा सम्म काममा खटिनु पर्ने हुन्छ ।

यस्तो बेलामा कामको टेन्सन् , पारिवारिक पीँडा , नैराश्यता आदिको कारण युवाहरु दुर्ब्यसनमा फस्नुको साथै आत्महत्या गरेको समाचारहरु सुनिरहेका नै छौँ ।कतिपय युवाहरुले भने यस्तो नकरात्मक प्रवृतिहरुलाई सिधै ढोका ढप्क्याउँदै आ-आफ्नै तवरले विभिन्न क्षेत्र कला, साहित्य र संगीत आदिमा आफूलाई सिर्जनशील बनाउँदैवर्तमान नेपालको परिस्थिति र नेपाली समाजलाई नमूना देखाइरहेका छन् ।

यस्तै एउटा उदाहरण, विगत ४ वर्ष पहिले रोजगारको लागि कोरिया पुगेका सुनिल कन्दङ्वा लिम्बु हुन् । हाल आफ्नो ड्युटिमा खर्चेर बचेको समय उनले मोडलिङमा दिइरहेका छन् । उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो ;
” जीवन सबको एउटै हो, तर कथा बेग्ला बेग्लै ;
मन हाम्रो मिल्दा मिल्दै नि, रहनु पर्यो एक्ला एक्लै ”

बोलको गीत भखरै सार्वजानिक भएको छ ।

 

त्यसो त चलन चल्तिमा आफै खर्च लगानी गरेर भए पनि आफ्नो रहर पूरा गर्ने मोडलहरुको घुईँचो बजारमा देखिन्छ ,”पैसा लगाएर पो हिरो बन्यौ कि?” भन्दा उदयीमान मोडेल सुनिल भने आफुलाई अफर आएर अभिनयमा संग्लग्न भएको बताउँछन् । यस अघि उनलाई दिपक लिम्बुको एउटा गीतमा समेत अभिनय गर्न अफर आएको तर समय अभावको कारण गर्न नसकेको उनी बताउँछन् ।

मनोज साङसोन को शब्द,संगीत र स्वरमा रहेको यो गीतमा उनकै सहकर्मी जिना लिम्बुले अभिनयको प्रस्ताव गरे पछि उनले अभिनय गरेका छन् ।

पहिले पहिले म्युजिक भिडियो तथा फिल्महरुको हेर्दा सुनिललाई राम्रो लाग्थ्यो तर यसरी म पनि एकदिन अभिनय गर्छु भनेर कहिल्यै सोचेका थिएनन् । त्यसै पनि लज्जालु स्वभावको सुनिल, बिना तैयारी , बिना कुनै प्रशिक्षण क्यामेराको अगाडि अभिनय गर्नु पर्दा निकै नै लजाएका थिए ।भिडियोकी डाइरेक्टर हेलोन लिम्बुको हौसलाले उनीले अभिनय गर्न सकेको बताउँदछन् । त्यसो त सबै दृश्यहरुमा राम्रैसँग उनले अभिनय गरे तर उनलाई सब भन्दा गाह्रो जिनालाई बोकेर घुमाउने सिक्वेन्समा भयो । त्यति बेला उनी निक्कै नै नर्भस भए रे, दश चोटि सम्म रि टेक गर्न परेको उनी बताउँछन् । त्यही दृश्य देखेर नेपालमा रहेका उनका बाबाले कुरै कुरामा ; ” तँ कोरिया काम गरेर पैसा कमाउन गाको कि आइमाई बोक्न गको? ” भनेर प्रश्न गरे । सुनिलले भने हाँसेर टारिदिएका थिए ।

भिडियोको कथा अस्पष्ट रहेको प्रतिक्रिया दिँदा उनी स्पष्टिकरण दिन्छन्,”केटीको ब्वाईफ्रेन्ड हुँदा हुँदै अर्को केटाले ख्रिष्ट अंकित माला दिन्छ ,केटी खुसी हुँदै आफ्नो ब्वाइफ्रेन्ड छोड्छे , नयाँ ब्वाइफ्रेन्डले केटी क्रिश्चियन भएको थाहा पाएपछि ब्रेकअप गर्दछ” उनी संक्षेपमा कहानी बताउँदछन् । कहानी सुनेपछि भिडियोलाई दोहराएर हेर्दा वर्तमान नेपालमा भइरहेको धार्मिक मुध्दालाई छोएर भिडियो बने जस्तो देखिन्छ ।

यस भिडियोमा जिना, सुनिल बाहेक प्रकाश शर्माको पनि अभिनय रहेको छ । यो भिडियोलाई राम्रो भनिहाल्नु त नमिल्ला तर विदेश रोजगारमा रहेर यसरी प्रयास गर्नुले सुनौलो भविष्यको संकेत भने अवश्य गरेको छ । छायाङ्कन कोरियामा गरेर सम्पादनको निम्ति नेपाल पठाउनुपर्ने बाध्यताले गर्दा पनि तालमेल नमिलेको सुनिलको भनाइ छ । एडिटिङ सम्बन्धि ज्ञान भएका उनका भाइ सन्जोक कन्दङ्वा भर्खरै कोरिया पुगेकाले भविष्यमा सुधार हुने कुरामा सुनिल आशावादी छन् ।

सुनिल अब दोस्रो म्युजिक भिडियोमा काम गर्ने तर्खरमा छन् । त्यसको लागि चर्चित गायक सुरेश कुमारको गीत रहेकोले त्यसलाई अझै मिहेनत साथ निभाउने प्रतिबद्धता जनाउँछन् । सुनिल जस्ता युवाहरुले यसरी विदेशमा रहेर पनि नोकरीको साथ साथै आफुलाई सिर्जनशील बनाउन लागि परिरहेका छन् ,जुन काम सह्रानीय छ भन्दा अतियुक्ति नहोला ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here