के हङकङले सुपुर्दगी सम्बन्धी ल्याउन लागेको प्रस्तावित कानुन खतराको घण्टी हो?

प्रकाशित मिति
0
135

हङकङ सरकारले ल्याउन लागेको सुपुर्दगी कानुनको विरुध्दमा अस्ति आइतबार हजारौं ब्यक्ति सडकमा विरोध प्रदर्शनमा उत्रिए ।
चीन, ताइवान र मकाउसँग सुपुर्दगी सन्धि नभएको हङकङले सुपुर्दगी सम्बन्धी ल्याइन लागेको प्रस्तावित कानुनले भावी पुस्ताको स्वतन्त्रता र सुरक्षामा गंभीर रुपमा असर पर्ने
तर्क गर्दै लोकतन्त्रपक्षधर विधायकहरुले र्‍याली आयोजना गरेका थिए । वान्चाईदेखि सरकारी कार्यालय रहेको एडमर्लटी सम्म चलेको उक्त र्‍यालीमा १२ हजार सहभागी रहेको बताइन्छ ।

गत साल ताइवानमा लगेर आफ्नी गर्लफ्रेन्डको हत्या गरी हङकङ आएका हङकङे अभियुक्तलाई ताइवान फिर्ताउन कानुनी झमेला भएपछि यो कानुन ल्याइन लागेको सरकारको तर्क छ ।
तर यो कानुनले चीन विरोधी गतिविधि गरिरहेका राजनैतिक आस्थाका ब्यक्तिहरुलाई पूर्वाग्रही ढंगले चीनमा लैजाने बाटो खुल्ने भन्दै अभिब्यक्ति स्वतन्त्रका पक्षधरहरुले यसको विरोध गरिरहेका छन् ।

सरकारले भने अपराधिक गतिविधि गर्नेहरुलाई मात्रै फिर्ताउने नियम ल्याउन लागिएको बताइरहेको छ , राजनैतिक आस्थाका कारण कसैले पीडित हुनु नपर्ने सरकारको जिकिर छ ।

छलफलको लागि प्रस्ताव गरिन लागेको यस कानुनले चीन,मकाउ वा ताइवानमा मुद्दा परेका कतिपयको सातो पुत्लो उडेको छ ।
मकाउमा जग्गा सम्बन्धि भ्रष्टाचारको आरोपमा ५ सालको सजाय सुनाइएका हङकङका बिज्नेस् टाइकुन जोसेफ लाउले यस प्रस्तावलाई चुनौति दिँदै अदालतमा मुध्दा दिएका छन् । उक्त मुद्दाको सुनुवाई अप्रिल १७ तारीखमा हुने बताइन्छ ।

यो कानुन पास भएमा हामीलाई के असर पर्छ?
चीन, मकाउ वा ताइवानमा मुध्दा परेमा हङकङ सरकारले अपराध अनुसार विचार गरी त्यहाँ पठाउन सक्छ । यसले गर्दा ती देशमा अपराध गरी हङकङमा लुक्न आउने प्रवृत्ति घट्ने अपेक्षा गरिएको छ । तर झूठा मुद्दा मामिला गरेर चीनले आफ्नो राजनैतिक विरोधीहरुलाई हङकङमा पक्राएर चीन झिकाउने बाटो खुल्नेछ भनेर राजनीतिकर्मीहरु त्रसित छन् । काम-घर-बिबिक्यु-अन्नप्रासन पार्टीमा मात्रै रमाइरहने हो भने चैं हामीलाई केही असर पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here