के यो पानी झरीको मौसम को असर हो?

प्रकाशित मिति
0
2557

हिंजो जुन १० तारीख साढे ५ बजे मंकोकको टेम्पल स्ट्रिटमा बाटोमा पिसाब गरिरहेको अवस्थामा एक महिलालाई देखिएको छ ।
मान्छेहरुको आउजाउ हुने रेस्टुरेन्टको छेउको सडक पेटीमै आफ्नो कपडा खोलेर उनले पिसाब फेरेको बताइन्छ ।

जुन १ तारीख क्वारी बे एम टि आर स्टेशनमा एक मास्क लगाएका पुरुषले एम टि आर र प्लेटफर्मबीचको ग्यापमा पिसाब फेरेको फोटो
चर्चामा आएको थियो ।

यी दुवैलाई कार्यवाही भए नभएको बारे जानकारी प्राप्त हुन सकेको छैन ।

यो हङकङमा शौचालय कमी भएको हो कि मान्छेहरुको बेहोरा सकिनु लागेको हो कि यो पानी झरीको मौसम को असर हो बुझ्न नसकेर हत्तेरी अलमल्ल परिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here