केयर टेकर आन्टी सँग जेनिफरलाई भेटेपछि – इन्द्र थेगिम

0
5

20170902_181040आफ्नो बच्चा सँधै खेल्ने चिल्ड्रेन पार्क मा सानी बार्बी डल जस्ती लाग्ने नानीसंग भेट भयो। पहिलो चोटी देखेर सोध्न मनलाग्यो-
म: नानु को नाना कति राम्रो हो तिम्रै मुहार जस्तो हगि?
नानु: आनाकानी गरिन् । नबुझेको भाव पोखिन् ।
म: ओ! मे बि यू डिन्ट अन्डर्स्ट्यान्ड व्हाट आई मिन।
आम् सरी!
नानु: अब चैं बुझिछिन् मेरो आँखा मा हेरिन् अनि सोसियल
स्माईल फ्याँकिन् ।
म: वाट्स योर नेम बेबी? हु ईज विथ यू टुडे?
नानु: आम् जेनिफर! आईम अल्वेज कन्फाईन्ड विथ माई
केयर टेकर आन्टी, मम एन्ड ड्याड आट वर्क अल द
टाईम ।

अरे वा! यति सानी नानीले कति सजिलो गरी अन्जान मान्छे लाई ‘मेरो नाम जेनिफर हो। म सँधै केयर टेकर आन्टी सँग हुर्किरहेकी छु किनभने मेरो आमा र बाबा दुबैलाई हप्तैभरी काम गरेर फुर्सद छैन।’

यतिबेला मलाई नानीले अंग्रेजी फरर बोल्दि रहिछे भनेर हैन, बिचरीको दिमागमा आमाबाबु प्रति कस्तो छाप रहला? भन्नेतिर ध्यान गयो।

हङकङमा मा थोरै प्रतिशत अभिभावकहरु मात्र भाग्यमानी होलान् जस्ले आफ्नो बच्चाको क्रियाकलाप एकदम नजीक बाट नियालेको होस् ।
अक्सर भनिन्छ जाबो काम न हो केलाई बेलिबिस्तार लगाई रहन पर्यो? यो त अटोमेटिक आमा वा बाबा ले गरिने काम हो।
हुन त सामान्य कुरा हो बच्चा जन्मे देखी दुध पिलाउनु, डाईपर चेन्ज गर्नु, ड्याउ गराउनु, सुताउनु, घुमाउनु फिराउनु, खोपको लागी क्लिनिक धाउनु आदि ईत्यादी।

तर अर्काको देशमा आफ्नो नयाँ जिन्दगी परिवार सँग शुरूवात गर्नु चानचुने कुरा पनि त होईन । हामी जतिसुकै धेरै कमाऔं तर मार मा परिने भनेको उही ‘द मास्लो हियार्ची अफ ल ‘ अनुसार गाँस,बास र कपास नै हो। यस मानेमा घरचलाउने हर्ताकर्ता यानि ब्रेड्विनर (लोग्ने वा स्वास्नी) लाई धेरै कस्ट छ।
महिना तुरिए पछि तलब थापेको पहिलो हफ्ता भित्र भए भरको बिल तिरिएन भने, घर भाडा बुझाएन भने अनि जम्मा भएर आएको साथी भाईको निम्तो मान्न गईएन भने जिन्दगी जिउन मुस्किल छ यहाँ ।

तेसो त हामी एक डोमेस्टीक हेल्पर राख्ने हैसियत राख्छौं। अन्य देश हरुभन्दा हङकङ धेरै कुराले सुबिधाजनक छ। केयर टेकर राखी सके पछाडि हामीले धेरै कुरामा राहत मिलेको महसुस गर्छौं। यतिसम्म कि बच्चा बच्ची को स्कुलको गतिविधि मा सरिक हुनै छाडि दिन्छौँ ।
कतिपय नानीको बाबा हरु लाई आफ्नो बच्चा कति कक्षामा पढ्दैछ भन्ने हेक्का समेत हुँदैन भने हामी मध्ये कति चाहीँ संघ सँस्था तिर लागी पर्छौं।
यस्ता धेरै उदाहरण छ जो आँखा चिम्म गरेर पैसा कमाउन तिर लागिपरेका छन् ।
तर कति भने बाध्यता बश एक्लैले घर धान्नु पर्ने हुँदा नचाहेरै पनि एक दिन छुट्टी नलिई कन रात दिन ड्युटी गर्न बाध्य छन् ।

निस्कर्श मा के भन्न सकिन्छ भने जिन्दगीमा जतिनै दु:ख गरेपनि पुग्ने ठाउँ त्यहीँ हो जुन ठाउँमा मा ढिलो छिटो सबै पुग्नुपर्छ । ढुंगा माटोले बनेको घर त एकदिन भत्केर जान्छ भने जाबो हावापानी खाएर बाँचेको शरीर जोश जाँगर भैइन्जेल मात्र अथवा शरीरमा रक्तसञ्चार संचालित भैइन्जेल मात्र न हो। जति बर्ष जिउन सकिन्छ सुख ले जिअौँ । नियमित रूपमा आराम,ब्यायाम,स्वस्थ भोजन गरौँ । कमसेकम हप्तादिनमा एक दिन आफ्नै लागी छुट्टी लिएर बसौँ ।
सबैभन्दा ठुलो कुरा अभिभावक भएपछि आफ्नो कर्तब्यपालन गरौं। बच्चा बच्चिले के कसो गर्दैछ भनेर बेला बेला स्कुलका टिचरहरुसँग बुझौं।
आखिर यो व्यस्त शहर मा हामी सबैलाई थाहा छ दिनहुँ सँगै बसेर खान खान नसके पनि , दिनहुँ डोर्याउदै स्कुल लान नसकेता पनि फुर्सद मिलाएर बेला मौकामा आफ्नो क्वालिटी टाईम दिएर पारिवारिक माया प्रेम र सद्भाव बढाऔं।

– इन्द्र थेगिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here