किड्नी होइन वीर्य बेच्ने कि?

0
6

iphone 6s

iPhone 6S को लागि चीनका केही युवाहरुले मृगौला बेचेको समाचार आइरहँदा एउटा वैकल्पिक उपाय निस्केको छ । चीनका दुई वीर्य बैंकहरुले स्वस्थ युवाहरुलाई वीर्य दान गर्न आव्हान गरेको छ ।
चीनको चाङजियाङ टाइम्सका अनुसार हुबइ प्रान्तको अस्पताल र संघाईको रेन्जी अस्पतालले ”
iPhone 6S किन्न किड्न बेच्न जरुरी छैन” नारा दिएर प्रचार गरिरहेका छन् ।

हालै जियाङसु प्रान्तका दुई युवकले iPhone 6S किन्न मानव अंग तस्करहरुसँग आफ्नो मृगौला बेच्ने प्रयास गरेका थिए । वीर्य बैंकका अनुसार २२ देखि ४५ वर्ष उमेर समूकहा युवाहरुले वीर्य दान गरेर iPhone 6S किन्ने रकम संकलन गर्न सक्छन् । तिनले ४० सि सि वीर्यको ५ हजार युआन प्रदान गर्नेछन् , उक्त परिमाणमा वीर्य संकलन गराउन ८ पटक सम्म दाताले अस्पताल जानुपर्ने हुन्छ।

iPhone 6S को बजार मूल्य ५ हजार ३ सय छ , एपलले सेप्टेम्बरको अन्त्य सम्म उक्त फोनको बिक्री शुरु नगर्ने भएकोले प्रशस्तै समय वीर्य जम्मा गराउन इच्छुकहरुलाई प्रशस्तै समय छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here