काठमाडौंको मायामा झमेला…! – सुरोज लिम्बू

प्रकाशित मिति
0
18

“काठमाण्डौको मायै महंगो” कुरा हो २०५९ साल तिरको हो , त्यसबेला भरखरै काठमाण्डौको गंधर्व संगीत विद्यालयबाट शास्त्रीय संगीत सिकेर दशैँ तिहार मनाउन धरान आएको थिएँ । घरमा दाजु साहित्यको पाठक भएकोले होला कोठाको टेबल भरी साहित्यिक किताबहरु हुन्थ्यो त्यतिकैमा मेरो आँखा एउटा गित संग्रह भुपाल राईको “पहिलो हरफ शीरबन्दीको” भन्ने किताबमा पुग्यो र त्यसैबेला थाहा पाएँ कि, धरान धनकूटा,,सीरानीले बिझायोकी जस्तो चर्चित गीतहरु वहाँलेनै लेख्नु भएको रहेछ ।

गीत संग्रह हेर्दै जाने क्रममा एउटा शब्द “काठमाण्डौको मायै महँगो” भन्ने पाएँ , जुन गीतमा मैले मेरो काठमाण्डौमा बिताएको दिनहरु झल्झली देखेँ यस्तो यथार्थ शब्दलाई धून बनाएर गाउनु पाए, मेरो मन कति सन्तुष्ट हुने थियो होला…..!? भन्ने सोचले मैले गीत कम्पोज गरेँ तर बिडंवना म जस्तो लोकल सिंगरलाई त्यो पनि भरखरै सिक्दै गरेको, त्यसमाथी अझ पप शैलीमा बनेको गीत लिएर कसरी गीत माग्नु होला ? त्यो पनि देशकै बरिष्ठ गीतकार भुपाल राई सँग जुन बेला कुन्ती मोक्तान पवित्र सुब्बाहरु जस्ता आवाजको धनीहरु सँग वहाँका गीतहरु नेपाल भरी हिट भइरहेको थियो । तै पनि एक हिम्मत लिएर … भुपाल राई ज्यु सँग गीत माग्नु धरान देखी काठमाण्डौ गएँ ….. ।
धेरै प्रयासहरुको बावजुद बल्ल तल्ल भुपाल दाईको फोन नम्बर पाएँ र कल गरेँ , वहाँको नक्सालमा रेकर्डिङ स्टुडियो रहेछ..! दाईले सिदै भन्नुभो हेर्नुहोस् भाई तपाईं पहिला स्टुडियोमा आउनुहोस् अनी गीत सुनम्ला अनी भाईको संगीत मन परे ठिकै छ , नत्र …
दाईले त्येसो भन्नू भए पछि म दाईको स्टुडियो गएँ र दाईलाई गीत सुनाएँ…….; भुपाल दाई हाँस्दै भन्नुभो तपाईंको यो के शैली रे ..?
मैले भनेँ दाई यो अलि-अलि ब्लुज् पेटनमा छ…, दाईले भन्नु भो, यो शैली मलाई एकदम राम्रो लाग्यो मैले त सोचेको पनि थिईनँ , मेरो शब्द यो शैलीमा पनि फिट् हुन्छ भनेर……!
ल रेकर्ड गर्नुहोस् म बाट अो.के.भयो, तर एउटा दुविधा छ भाई , यो गीत लोक आधुनिक शैलीमा धेरै अगाडिनै नेपाल टेलिभिजन बाट प्रसारण भईसकेको छ, तर पनि संगीत बेग्ला बेग्लै हो …! शब्द एउटै हुनाले मेरो अनुमती चाहिने हो.., शब्दको लागी मैले स्वीकृती दिएँ तपाईंलाई गर्नुहोस् …!

दाईले यति भने पछि मैले काम सुरु गरेँ , म्युजिक ट्र्याक बनाईसकेँ अब रिलिज गर्छु भन्दा भन्दै समयको दौडानले मलाई हङकङ दौडायो ……..! यहाँको ब्यस्तताले यसै भोली-भोली भन्दा भन्दै करीब करीब १४ बर्ष पछि मात्र यो गीतले पूर्णता पायो र म्युजिक भीडियो सहित यू टुबमा रिलिज गरियो …..! रिलिज भएको दुई दिन नबित्दै अर्को झमेला अाइ पर्‍यो…..!

कुरा के भने , यो गीतको शब्दकार भुपाल दाईले यै शब्द हाम्रो आदर्णीय दाजु गायकार कनकाइस्ट राई ज्युलाई पनि म भन्दा अगाडी दिनुभएको रहेछ….! शान्तिराम राईको संगीतमा म्युजिक नेपालबाट पहिल्यै एल्बम निकाली सक्नु भएको रहेछ…..!!
तर वहाँहरुको गीत लोक आधुनिक शैलीमा रहेछ, वहाँहरुबाट बिनाअनुमति कसरी यो गीत निकाल्नु भयो भन्ने प्रश्न म माथी तेर्साईयो …!
तर मैले शब्दकार बाट अनुमति लिएर त मेरो आफ्नै संगीतमा गाएको हुँ..! भनेर भनिदएँ …
तर पनि यो गीत यु ट्युबबाट हटाईनु पर्नेछ भन्ने चेतावनी मलाई आएको छ …!
तर म यो गीत नहटाउने पक्षमा छु ….!! मैले जसबाट अनुमति लुनु थियो लिएरै गरेको गीत हुनाले यो गीत यु ट्युबमा जिवितै रहनेछ …..।

वास्तवमा हामीहरु गीत सुन्छौँ , हेर्छौ मन परे गुनगुनाउँछौँ … नाच्ने गीतमा नाच्छौँ … तर हामीहरुलाई थाहा हुँदैनकी, प्रत्येक गीतको पछाडी एउटा लामो कथा हुन्छ भनेर ….. यति लामो कथा हुन्छ की, धेरैमा हामीलाई एउटा गीत सुन्न हेर्न पाँच मिनेट लाग्ला … तर त्यो गीतको पछाडीको कथा पढ्नु हो भने पक्कै पनि धेरै समय लाग्नेछ अब भने तपाईंहरुले यो मेरो गीतको कथा त सुनिहाल्नु भो… अब एक चोटी गीत पनि सुन्नुहोसन है …… !?

– सुरोज लिम्बू

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here