कन्स्ट्रक्सन साइटमा दुर्घटना १ नेपालीको मृत्यु ३ घाइतेँ

0
10

liantang

हिजो लियान्ताङ हेउङ युन वाइ बाउन्ड्री कन्ट्रोल को लाइटन प्रोजेक्ट अन्तरगतको काम गर्ने क्षेत्रमा साँझ पौने ६ बजे (ओभर टाइम गर्दा) टावर क्रेनले भारी मुभ गर्दा स्काफोल्डमा ठोक्किएर स्काफ्फोल्ड कोल्याप्स भयो । जसले गर्दा सो स्काफ्फोल्डमा काम गरिरहेका चार जना स्काफ्फोल्डर आफू काम गरिरहेको स्थानबाट खसेर घाइते भए।

खसेका मध्ये पोखरा निवासी युनलुङ बस्ने रबि  गुरुङको आज बिहान ४ बजे मृत्यु भएको छ। उनक तीन बाल बच्चा श्रीमती सहित हङ्कोङमै बसोबास गर्ने बताइन्छ ।  बाँकी तीन जनामा युवराज, मिलन र एकजना नाम थाह नखुलेका नेपाली मध्ये दुई जना गम्भीर रूपमा घायल हुनाले हस्पिटलमै उपचाररत छन भने एक जना सामान्य उपचार पछि घर फर्किएका छन्।

२०१८ को अन्तिमसम्ममा यस पुलले हङकङ र सेन्जेनलाई जोड्ने बताइन्छ, यसरी यो हङकङको चमकदमकमा धेरै नेपालीको रगत- पसीना बगेको छ । स्वर्गीय गुरुङप्रति हत्तेरी डट कम हार्दिक श्रध्दाञ्जली प्रकट गर्दछ भने यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना छ, घाइतेँहरुको शीघ्र स्वास्थ्य लाभको कामना छ ।

फोटो: सिङताओ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here