कन्स्ट्रक्सन साइटमा आगलागी …!

प्रकाशित मिति
0
1377

हिजो बेलुकी करिब ९ बजे, चुन वान को ‘पाक तिन पार स्ट्रिट’ ताइ चुङ रोडको कन्स्ट्रक्सन साइटमा आगो लागेको समाचार छ । बेलुकी ९:१६ बजे फायर सर्भिस डिपार्टमेन्टलाई रिपोर्ट प्राप्त पछि आगो नियन्त्रकहरु त्याहाँ पुगेका थिए ।
९:३० बजे लेवल ३ मा पुगेको आगो ११:११ बजे लेवल ४ को रफ्तारले फैलिएको थियो । अत्याधिक मात्रामा आगो र धुवाँ फैलिएकोले नियन्त्रणकहरु बिशेष उपकरण सहित ३३ फायर ट्रक, ६ एम्बुलेन्स साथमा पायरोटेक्निक टाक्स फोर्स सहित ११६ जना फायर फायटरहरुको ७ घन्टाको प्रयास पछि बिहान ४: ३० बजे आगो पूर्णरूपमा नियन्त्रणमा ल्याइएको बताइन्छ ।
घटनामा कुनै मानवीय क्षति नभएको र ५० जनालाई उद्धार गरिएको बताइन्छ । ठूलो परिमाणमा स्टोर गरेर राखिएको कन्स्ट्रक्सन सामाग्रीहरु जलेर नष्ट भएको बताइन्छ भने घटना बारे अनुसन्धान भइरहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here