कन्स्ट्रकसन कामदारको सिमेन्टको स्लाब झरेर मृत्यु !

प्रकाशित मिति
0
68

20170830_111301

हिजो २९ अगष्ट मंगलबार हङकङको चेङ शा वान रोड नजिकैको कोङ चेङ स्टिटको कर्नरमा रहेको लाई सुन कमर्सियल बिल्डिङको बाहिर पट्टि काम गरिरहेका कन्स्ट्रकसन कामदार ६८ बर्षिय झु थरीका चाईनिज पुरुष १०:३० बजे ५ तला माथी बाट करिब १ मिटर बाई १.५ मिटरको सिमेन्टको स्लाब उक्किएर झरि टाउकोमा लागेर मृत्यू भएको छ।
४ जना कामदार साथीहरु सँग ग्राउन्ड फ्लोरमा बिल्डिङ बाहिरको पर्खालमा काम गर्नको लागि स्काफोल्डिङ तयार गर्न लागिरहेका,त्यो दिन उनीहरुको कामको पहिलो दिन थियो। टाउकोमा गम्भीर चोट लागि धेरै रगत बगेर कोमामा गएका झु लाई घटना लगत्तै एम्बुलेन्स बोलाएर हस्पिटल लगिएको थियो हस्पिटले उनलाई तत्काल मृत घोषणा गरेका थियो । मृतकका १ श्रीमती र ३ छोरा रहेका छन् ।
घटना पछि तुरुन्तै लेबर डिपार्टमेन्ट तथा प्रह्ररीको उपस्थितिमा अनुसन्धान गरिएको थियो । ३० बर्षे पुरानो उक्त बिल्डिङ लगातार झरी टाइफुन हाटो , पखारको कारण मक्किएर खसेको हुन सक्ने अनुमान लगाईएको छ, भने बाँकी अनुुुुसन्धान भइरहेको जनाईएको छ ।

bkn-20170830032936858-0830_00822_001_03p
सिमेन्टको स्लाब झरेको भाग

20170830_111314

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here