ओसन पार्ककको आर्थिक स्थिति खस्किँदो…

हङकङको प्रमुख आकर्षण बन्दै आएको ओसन पार्कले यस साल तलब नबढाउने भएको छ ।

आन्दोलनको कारण पार्कमा आउने भिजिटरको संख्यामा ब्यापक रुपमा ह्रास आएकोले पार्कको बजेट मारमा परेको बताइएको छ ।तलब वृध्दि रोकेर कर्मचारी छाँट्नबाट रोक्ने प्रयास भइरहेको प्रेस वक्तब्यमा बताइएको छ । सन २००३ मा सार्स समस्या आएर ब्यापार खस्केपछि यस्तै कदम चालिएको थियो । सन २०१७ मा मुनाफा कम भए पनि तल्लो तहका कर्मचारीको तलब १.६ देखि २.५% ले वृध्दि गरिएको थियो ।

४२ वर्षदेखि संचालनमा रहेको पार्कले हाल चीनको जुहाईमा रहेको चिम्लोङ ओसन पार्कबाट कडा प्रतिश्पर्धाको सामना गर्नुपरिरहेकोमा आन्दोलनको कारण भिजिटरको संख्यामा ६०% ले ह्रास आएको बताएको छ । बजेट कटौतिका नीति अवलम्बन गर्नुको साथै प्रशासनले बेतलबी विदा लिन र स्वेच्छिक अवकाश लिन कर्मचारीहरुलाई अभिप्रेरित गरिरहेको बताइन्छ ।

घाटामै रहे पनि डिज्नील्यान्डले भने बोनस सहित कर्मचारीको तलब १.५ देखि ४% ले वृध्दि गरेको छ ।

अहिलेको साल तलब वृध्दिको अपेक्षा भन्दा पनि जागिर जोगाइराख्नु मै विवेकशीलता होला भन्ने हत्तेरीको ठम्याई छ, तपाईंको कामतिर कस्तो चल्दैछ होला ?

1 thought on “ओसन पार्ककको आर्थिक स्थिति खस्किँदो…”

  1. हजुर अहिले को हङकङ आनदोलनका कारन आम हङकङ बासीमा ठुलो बेरोजगारीको अबस्था हुन सक्ने अनुमान लगाउन सकिन्छ यो अबस्थामा कसरी हुन्छ चलिरहेको रोजगारीमै चित्त बुझाउन सकेको नै राम्रो हुनेछ ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *