एस्केलेटर दुर्घटनामा परी ९ घाइतेँ

0
4

आज बिहान ९ बजे एम टि आर को ङाउ् थाउ कोक स्टेशनमा रहेको एस्केलेटर दुर्घटनामा परी ९ जना या यात्री घाइतेँ भएका छन् ।

६ इन्च लामो धातुको पाता खुस्केर ३ पुरुष र ६ महिला लाई चोट लागेको बताइन्छ । घटना हुनासाथ तुरुन्तै कर्मचारीले एस्केलेटर रोकिदिएको बताइन्छ ।

एम टि आर प्रमुखले गए राति कन्ट्रयाक्टरले नियमित जाँच गरेको र बिहान कर्मचारीले निरीक्षण गरेको बताएका छन् । यति हुँदा हुँदै पनि कसरी दुर्घटना हुन गयो त्यो थप अनुसन्धानको विषय रहेको बताए, यस घटनालाई गंभीर रुपमा लिएको र भविष्यमा यस्तो घटनाको न्यूनिकरण गर्ने बताए ।

एक एस्केलेटर इन्जिनियरको अनुसार त्यस पाताको स्क्रु लुज भएको हुन सक्ने वा कसैको लुगा अल्झेर त्यो खुस्किएको हुन सक्ने बताएका छन् । घाइतेँहरुको उपचार युनाइटेड क्रिश्चियन अस्पतालमा गरिएको र उनीहरुलाई खासै गंभीर चोट भने नलागेको बताइन्छ ।

एकातिर पेच खुस्केर पाता खुस्केर केही ब्यक्तिलाई कोरिदिँदा पनि घटनालाई गंभीर रुपमा लिने ब्यवस्थापन , अर्कातिर सधैं सडक दुर्घटना, हवाई दुर्घटनामा मानिसले ज्यान गुमाइरहँदा पनि भवितब्य मानिदिने हाम्रो बानी ! फरक त छ नै, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here