एयरपोर्ट एक्सप्रेसको सेवा स्थगित

प्रकाशित मिति
0
121

Oct 14, 2016 @ 10:40

सन्नी बे स्टेशन नजिकै जमिनमाथि ठड्याइएको उपकरणमा पावर सप्लाईको समस्या आएपछि एयरपोर्ट एक्सप्रेस र तुङ चुङ लाइनको आंशिक सेवा अवरुध्द भएको समाचार छ ।

आज बिहान ९ बजे एम टि आरको वेबसाइटले एयरपोर्ट एक्सप्रेस पूर्ण रुपमा अवरुध्द भएकोले एम टि आरबाटै चेक इन गर्ने सेवा अर्को सूचना नआएसम्म स्थगित गरेको जनाएको छ । सेवा प्रभावित यात्रुहरुको लागि सटल बसको सुविधा ब्यवस्था गरेको कम्पनीले जनाएको छ ।

आज ट्रेनबाट एयरपोर्ट आवतजावत गर्ने योजना बनाउनुभएको थियो भने वैकल्पिक सवारीको बन्दोबस्त गर्नुहोला वा एम टि आर को वेबसाइट चेक गरेर मात्रै जानुहोला ।

http://mtr.com.hk/alert/alert_simpletxt_title.html

विस्तृत तल हेर्नुस;

airport-mtr

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here