एम टि आर ले प्रायश्चित स्वरुप ३ दिनको लागि भाडामा ५०% छुट

0
47

हङकङ एम टि आर ले गत १८ मार्चमा नयाँ सिग्नल परिक्षणको क्रममा चुनवान टु सेन्ट्रल चल्ने ट्रेन दुर्घटनाले यात्रुहरुमा पर्न गएको असुविधा प्रति प्रायश्चित स्वरुप “स्पेसल फेअर डे” जारि गर्दै आउँदो मे महिनाको ११, देखि १३ सम्म ३दिनको लागि लोकल एम टि आर यात्रामा वयस्क यात्रुहरुलाई भाडामा ५० प्रतिसत छुट हुने एम टि आर कर्पोरेसन डाइरेक्टर लाउ तिन शेङले आज घोषणा गरेका छन् ।

उदाहरणको लागि –

-चुनवान स्टेसन टु सेन्ट्रल

– वयस्कहरुको साविक भाडा दर हङकङ डलर १४.७
– स्पेसल फेअर डे हङकङ डलर ६.९ हुनेछ ।

भने एअरपोर्ट  एक्सप्रेस, र इष्ट रेल लाइनमा भने छुट नहुने जनाएको छ ।

– हत्तेरीका प्रिय मित्रहरु ! ल ३ दिनको फाइदा मजाले  लिनुस्  है त !?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here