एम टि आर मा नेपाली तैनाथ…

प्रकाशित मिति
0
4100
अक्टोपसले भाडा तिरे पुलिसले सजिलै पहिचान गर्न सक्छ त्यसैले यस्तो जम्प!

एम टि आर कर्पोरेसनले भाडा नतिरी यात्रा गर्ने प्यासेन्जरलाई समाउनको लागि एक-दुई सय नेपाली सेक्युरिटी गार्डहरु भर्ना गर्ने जनाएको छ । आन्दोलन सुरु भएदेखि भाडा नतिरी बार नाघेर एम टि आर चढ्ने को संख्या बढेर गएको बताइन्छ । त्यसबाहेको एम टि आर मा आन्दोलनकारीले तोडफोड गर्दा १० मिलियन डलरभन्दा बढीको क्षति भएको बताइएको छ । बेइजिङले आन्दोलनकारीहरुलाई सहयोग गरेको भन्दै आलोचना गरेपछि एम टि आर ले आन्दोलन क्षेत्रको एम टि आर बन्द गर्ने गरेको छ । त्यसको विरोध स्वरुप हालसम्म ५० भन्दा बढी स्टेसनमा तोडफोड भइसकेको छ । तोडफोड भएका पार्टहरु फेर्न एम टि आर सँग यथेष्ट स्पेयर पार्टस् नभएको बताइन्छ ।

यसरी पहिले एयरपोर्टमा र अब एम टि आर मा नेपालीहरुलाई सीधै आन्दोलनकारीसँग भीडन्त हुने मोर्चामा तैनाथ गरेर सरकार र ब्यवसायीहरुले वीर गोर्खालीको नाम बेचेर जनता तर्साउने उद्देश्य राखेको देखिन्छ । आन्दोलनकारीको धाक धम्कीले हाल स्थानीय पुलिसहरु नै पछि हटिरहेको देखिन्छ, पुलिसका बच्चाहरुलाई स्कूलमा दुर्ब्यवहार गर्ने र पुलिसको उपचार गर्दा अस्पतालमा धेरै पींडा दिने आव्हान पनि गरिएका थिए।

केही आर्थिक लाभ मात्रै हेरेर यसरी तैनाथ हुनु जानाले भोलिको दिनमा पूरै समुदाय नै पो बहिष्कारमा पर्ने हो कि? तियानामेन स्क्वेयरमा टैंक चलाउनु जाने सैनिकहरुलाई जनताले पानी भन्दै विष पिलाएका कथा यही देश भित्र छ के रे! त्यसैले यस्तो जागिरमा हुनुहुन्छ भने डिउटीमा त जानु होला तर आन्दोलनकारीसँग झडप चैं नगर्नुहोला है!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here