एमटिआर द्वारा विवादित विज्ञापन भिडियोलाई प्रदर्शन गर्न अनुमति ..

प्रकाशित मिति
0
473

समलैंगिक (LGBT) समूहको ब्यापक विरोध र चर्चापछि हङकङको रेल कम्पनी एम टि आर ले क्याथे प्यासिफिकको विज्ञापन भिडियोलाई प्रदर्शन गर्न अनुमति दिएको समाचार छ ।

हवाई कम्पनी क्याथे प्यासिफिकको विज्ञापन भिडियोमा समलैंगिक सम्बन्धलाई विषय बनाइएको भनेर हङकङको रेल सेवा र एयरपोर्ट परिसरमा विज्ञापनलाई प्रदर्शन
गर्न रोक लगाइएको थियो ।

समलिंगी विधायक रेमन्ड चानले विधान सभामा विज्ञापनमाथि रोक लाइएकोमा लैंगिक विभेद गरेको भन्दै विरोध गरेका थिए ।
‘मुभ वियोन्ड लेबल’ शीर्षकमा एक फ्रेन्च एजेन्सीले क्याथे प्यासिफिकको विज्ञापन भिडियो बनाएको हो । क्याथे प्यासिफिकले कुनै पनि प्रकारको विभेद नगरी सबैलाई समान रुपमा सेवा प्रदान गर्ने विज्ञापनको भाव रहेको छ ।

सुरुमा एम टि आर र एयरपोर्ट अथोरिटीले उक्त विज्ञापनलाई सामाजिक मूल्य मान्यतासँग मेल नखाने भन्दै प्रसारण गरेको थिएन । त्यस निर्णय विरुध्द समलैंगिक समुदायले विरोध स्वरुप लैंगिक समानताको लागि एम टि आर र एयरपोर्टमा उक्त विज्ञापन सँग फोटो खिचेर इन्टरनेटमा राख्ने अभियान सुरु गरेको थियो ।

अब एम टि आर स्टेसनतिर उक्त विवादित भिडियो हेर्नु सक्नुहुनेछ तर एयरपोर्ट अथोरिटीले भने ‘ब्यान’ फुकुवा गरिसकेको छैन ।
हङकङको छिमेकी ताइवानले भने समलिंगी विवाहलाई भर्खरै कानुनी मान्यता प्रदान गर्ने पहिलो एसियाली राष्ट्र बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here