एन्ड्रयु चिउको कान जोडियो !

प्रकाशित मिति
0
3589

डेमोक्रेटिक पार्टीका जिल्ला परिषद सदस्य एन्ड्रयु चिउको कान सफलतापूर्वक जोडिएको समाचार छ ।

हिंजो ताइकु स्थित सिटी प्लाजामा डिनर खाने क्रममा एक मेन्डेरीन भाषा बोल्ने ब्यक्ति र स्थानीय हङकङ दम्पति बीच राजनैतिक विषयमा विवाद सुरु भयो । करीब साढे ७ बजे उक्त ब्यक्ति आवेशमा आई ब्यागबाट छुरा निकालेर आफू मर्न तैयार भएको भन्दै हकङकङ दम्पतिमाथि आक्रमण गर्न लाग्यो । उनले ४ जनालाई छुरा प्रहार गरी घाइतेँ बनाएपछि भेला भएका मानिसहरुले उनलाई पक्रन कोशिस गरे, उनलाई वशमा लिने कोशिस गर्ने क्रममा स्थानीय नेता एन्ड्रयु चिउको कान टोकेर फ्याँकिदिएको बताइन्छ । चिउको कान प्लास्टिकमा पोको पारी अस्पताल कुदाइएकोमा उनको कान सफलतापूर्वक जोडिएको बताइन्छ ।

यस अघि शनिबार मंकोकमा आन्दोलनकारीमाथि गाडी कुदाउने मेन्डेरीन भाषीलाई आन्दोलनकारीहरुले नांगै बनाएर कुटेका थिए ।

आन्दोलन स्थलहरुमा आन्दोलन विरोधी मेन्डेरीन भाषी प्रतिरोधमा उत्रिने र जथाभावी सर्वसाधारणलाई हमला गर्ने प्रवृति देखिन थालेको छ, आन्दोलनकारीहरु सुरक्षित पहिरन र हतियार सहित सतर्क अवस्थामा हुने हुनाले सर्वसाधारण आक्रमणको शिकार बन्ने गरेका छन् । त्यसैले एउटा भनाइँ छ नि, सुपारी फोरेको ठाउँमा गए १ कुड्की पाइन्छ, झगडा परेको ठाउँमा गए १ मुड्की खाइन्छ , विचार चोगे!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here