एन्डी लाउको कन्सर्टको टिकटको लागि हानथाप…

प्रकाशित मिति
0
38

हङकङका सुपरस्टार एन्डी लाउको कन्सर्टको टिकट किन्न लाम लागेका ब्यक्तिमाथि छुरा हमला भएपछि बक्सअफिस काउन्टरबाट टिकट बेच्ने काम स्थगित
भएको छ ।

डिसेम्बर १५ देखि ३ जनवरी सम्म हुने लाउको कन्सर्टको लागि टिकट किन्न भनेर मानिसहरु १ हप्तादेखि लाइनमा लागेको बताइन्छ । गत आइतबार बिहान करीब ४ बजे चाइवानको युथ स्क्वेयरमा लाइनमा रहेका ५८ वर्षे मेनल्यान्डर झेङलाई २ आक्रमणकारीले मुक्का प्रहार गर्नुको साथै छुरा प्रहार गरी ट्याक्सीमा भागेका थिए । पीडित झेङ लाइनमा दोस्रो नम्बरमा रहेको बताइन्छ , घटनाको बेला पहिलो नम्बरमा रहेको ब्यक्ति कतै गइरहेकोले लामको अगाडि उनी परे । टेन्ट टाँगेर मज्जाले बसेका उनलाई आफ्नो ठाउँबाट हट्न दबाब दिँदा नमानेपछि आक्रमणकारीले हमला गरेको बताइन्छ ।

यस घटनामा दोषी रहेको आशंकामा साउ कि वानबाट एक सन इ वन गिरोहका सदस्य सहित उनका ४ जना साथीलाई पक्राउ गरिएको छ । कन्सर्टको टिकटलाई ब्ल्याक गरेर बेच्ने उद्देश्यले यो घटना घटाइएको अनुमान गरिएको छ । घाइतेँ भएका मेनल्यान्डर पनि अरुको लागि लाइन बसिदिएको बताइन्छ ।

लाउको २० वटा कन्सर्ट हङकङ कोलेसियममा हुने बताइन्छ जसका कुल ६० हजार टिकट बेचिने छन् । यस घटनापछि सबै टिकट अनलाइनबाट बेचिने भएको छ । ३८० देखि ९८० सम्म पर्ने यी टिकट २० गुनासम्म ब्ल्याकमा बेचिने गरेको बताइन्छ ।

त्यसरी २० गुनासम्म रकम तिरेर पनि पाउनु गाह्रो हुने भएकोले नै घुम्न आएका मिस्टर झेङ पनि लाइन बस्ने खेतालो बसेका हुनसक्छन् तर दशा लागेर पामेला अस्पतालमा पुगेका छन् । एन्डी लाउले आफ्ना प्रशंसकहरुलाई सुरक्षित रहन आग्रह गरेका छन् । यसरी मान्छेहरु हप्तादिनदेखि लाइन लागेर टिकट काटून् तब पो सुपरस्टार त हगि, हाम्रो त….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here