एड्मिसन गराइदिन्छु भन्दै ठगी…

प्रकाशित मिति
0
86

frauds

‘एड्मिसन गराइदिन्छु डोनेशन दिनुस् ‘ भन्दै अभिभावकसँग पैसा लुट्ने २७ वर्षे युवती र उनको २५ वर्षे श्रीमानको विरुध्द मुध्दामा सुनुवाई सुरु भएको छ । चुनमुनमा रहेको  हेराल्ड इन्टरनेशनल स्कूलमा एड्मिसन अफिसरको रुपमा काम गरेकी चु ले एक महिलालाई ६ लाख डलर स्पोन्सर गरे स्कूलमा भर्ना पाइने भन्दै रकम लिएकी थिइन्। अभिभावकले रिसिप्ट माग्दा आनाकानी गरेपछि सुन पसलको रिसिप्ट दिन खोजेपछि शंका लागी अभिभावकले भ्रष्टाचार विरुध्दको आयोगमा रिपोर्ट गरेका थिए । त्यो रकम उनको श्रीमानको खातामा भेटियो ।
अर्को अभिभावकलाई पनि ‘तपाईंको बच्चाले सामान्य पर्फमेन्स् मात्रै गरेको छ, डोनेशन दिए एडमिसन हुने संभावना रहेको” भन्दै १५ लाख डलरको माग गरेकी थिइन् । अभिभावकले चुको श्रीमानको नाममा चेक काटिदिएको बताइन्छ । चु ले आफ्नो पतिलाई त्यहाँको सिनियर एड्मिसन अफिसर भनी परिचय दिँदै आएको बताइन्छ ।
त्यसरी नै तेस्रो अभिभावकलाई पनि लुट्न खोज्दा अभिभावकले पहिले माने पनि स्कूलमा डोनेशनको प्रावधान नरहेको बुझेपछि रकम नदिएको बताइन्छ । गत साल फेब्रुअरीमा भ्रष्टाचार विरुध्दको संस्था ICAC  मा उजुरी परेपछि स्कूलले उनलाई बर्खास्त गरेको छ भने उनको विरुध्दमा अगाडि बढाइएको  थियो ।  १५ सय विद्यार्थी संख्या रहेको हेराल्ड इन्टरनेशनल स्कूलमा किन्डरगार्डेन देखि १२ कक्षासम्म पढाई हुने गरेको बताइन्छ ।

मुध्दाको सुनुवाई जारी रहेको छ, हेरौं लोभीपापीहरुलाई कस्तो सजायँ हुनेछ !

 

स्रोतः scmp

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here