एक युवक र एक युवतीद्वारा आत्महत्याको प्रयास..

0
2

sheung wan

सेङवानको घटनास्थल

 

हङकङको सेङवानको रुमसे स्ट्रिट नजिकैको आकाशे पुलबाट दिउँसो ३ बजे एक पुरुषले हाम्फालेको समाचार छ । प्रत्यक्षदर्शीले पुलिसलाई खबर गरेपछि मुर्छित अवस्थामा उनलाई अस्पताल लगिएको बताइन्छ । घटनास्थलमा उनको झोला र टोपी भेटिए पनि कुनै प्रकारको सुसाइड नोट नभेटिएको बताइन्छ ।

swan

वारी काउलुनको चेङ सा वान को आकाशे पुलबाट साँझ ६ बजे एक युवतीले सडकमा हाम्फालेको समाचार पनि छ । करीब ६ मिटर अग्लो पुलबाट तल सडकमा हाम्फाल्दा उनी झन्डैले गाडीको मुनि परिनन् । कार चालकले समयमै ब्रेक लाउन सफल भए, कार चालकले पुलिसलाई खबर गरेपछि उनलाई एम्बुलेन्सले अस्पताल लग्यो ।

आज फेसबुकतिर राम्ररी हेर्नुस् त, कतै आत्महत्या दिवस त होइन?

आत्महत्या जस्तो सोँच कहिल्यै नलिनुहोला…किन कि जतिसुकै कष्टकर भए पनि जीवन जिउनकै लायक छ तर पनि त्यस्तो सोँच आएछ भने विशेषज्ञको परामर्शको लागि तलका फोन नम्बरमा सेवा लिनुहोला है;

● 24-hour hotline at Suicide Prevention Services: +852 2382 0000

● 24-hour hotline at Samaritan Befrienders Hong Kong: +852 2389 2222

● Society for the Promotion of Hospice Care: +852 2868 1211

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here