एक खेलाडीले आत्महत्या गर्‍यो

0
3

st.joan-court-outlook

खेल पछि रिंगटा लागेको भनी बुधबार क्वीन मेरी अस्पतालमा भर्ना भएका ३१ वर्षे रग्बी खेलाडी डुडली नेल्सनले हिंजो बिहान डिस्चार्ज भएको केही घन्टामै मिड लेभल स्थित अपार्टमेन्टको २२ तल्ला बाट हाम्फालेर आत्महत्या गरेका छन् ।

उनलाई सेक्युरिटी गार्ड र उनकी महिला साथीले सेन्ट जोन कोर्टको स्लोपमा अचेत अवस्थामा भेटेका थिए ।

नेल्सनकी गर्लफ्रेन्डले बिउँझेर उनलाई खोज्दा आफ्नो १३ तल्लाको घरमा नभेटेपछि खोजी गर्दा २२ तल्लामा उक्लिएको सिसिटिभी फुटेजमा देखिएको थियो ।
विगत ८ वर्षदेखि हङकङ बस्दै आएका उनले हालसालै जागिर छोडेका थिए र डिसेम्बर देखि नयाँ जागिर शुरु गर्न लागेका थिए । कुनै सुसाएड नोट नभेटिए पनि पुलिसले उनको मृत्यु आत्महत्या नै भएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here