एकान्तमा युवतीहरु समात्ने अभियुक्त पक्राउ..

प्रकाशित मिति
0
25

गत दुई हप्ताको दौरान ४ युवतीमाथि हातपात गरेको अभियोगमा १७ वर्षे किशोर पक्राउ परेका छन् ।

क्वाई चुङ क्षेत्रमा २० देखि ३५ वर्ष का ४ जना युवतीहरुलाई बेग्लाबेग्लै घटनामा राति एकान्त स्थान ढुकेर च्यापचुप् समातेर भागेको रिपोर्ट थियो । सिसिटिभी फुटेजको अनुसन्धानपछि पुलिसले सेकेन्डरी स्कूल पढ्ने पाकिस्तानी किशोरलाई आज ५ बजे उनको क्वाई चुङको सेक लिई स्टेटमा रहेको फ्ल्याटबाट पक्राउ गरेको हो ।

उनको घरबाट घटनाको समय लाएको पहिरन पुलिसले बरामद गरेको छ । २२ जुनदेखि सुरु भएको आक्रमणकको सिलसिलामा पछिल्लो घटना गत बुधबार घटेको थियो ।

यस्तो यौन हिंसा तपाईंहरुमाथि पनि भएको हुनसक्छ – चुपचाप सहेर नबसी पुलिसमा रिपोर्ट गरेर अपराधीहरुलाई सजाय दिलाउनुहोस् ! ‘गाई बाँध्नुपर्छ -बहर फुकाउनुपर्छ’ भन्ने कुरा मुकुन्दे जस्तो घाँस हाल्नुपर्नेहरुको लागि मात्रै जायज हो, सभ्य समाजमा यस्तो नियम लागू हुँदैन ,हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here