एउटा गीतको २० वर्ष भन्दा लामो कथा – नदेऊ चोट मलाई

प्रकाशित मिति
0
53

रबिन बान्तावा खाहोङ राईले आइ एस्सी पढ्दा एक गीतको खाका तैयार गरेका थिए, त्यस धुनलाई मन पराएर सन १९९९ ताका उनका सहपाठी मित्र निश्चल रेग्मीले शब्दहरु प्रदान गरे ।
त्यसपछि प्रायः नेपाल इन्जिनियरिङ कलेजका क्यान्टिन-चौरहरुमा जमघट हुँदा यो गीत सधैं जसो गुञ्जियो । पढाईको समाप्तिसँगै सबै साथी आ-आफ्नो लक्ष्यतिर लागे ।

लगभग १५-१६ वर्षपछि भुलिसकेको गीतलाई अमेरिकामा कम्प्युटर विज्ञानमा डक्टरेट् गर्दै गरेका सिजर कोइरालाले संझिए र आफ्नो स्वरमा रेकर्ड गर्ने प्रस्ताव गरे ।
सिजर कलेजको जमानामै राम्रा गायक थिए, विद्यार्थी छँदै उनको सोलो एल्बम सन २००२-३ तिरै रिलिज भएको थियो ।
सन २०१५ मा संगीत संयोजनको जिम्मा कोलकोत्ताका संगीत संयोजक सुमित विश्वकर्मालाई दिइयो । आफ्नो पढाई र कार्य ब्यस्तताको कारण सिजरले यस गीतलाई स्वराङ्कन
गराउन सकेनन् ।

सन् २०१७-१८ सालतिर त्यतिकै रहेको ट्रयाक सुनेर एक साँझ गायक ज्ञान सुब्बाले आफ्नी सहोदर बहिनी सुनिता लिम्बू थेबेलाई गवाउने प्रस्ताव गरे । त्यस समय सुनिता थेबेको स्वर रहेको
‘हावाले पनि लखेट्छ मलाई आँधीको के कुरा
आँशुले पनि बगाउँ मलाई बाढीको के कुरा’
चर्चित भइसकेको थियो, टिका चाम्लिङको शब्द र सुरेश अधिकारीको संगीत रहेको उनको यो गीत हिट्स एफ एम म्युजिक अवार्ड २०१४ मा सर्वोत्कृष्ट महिला गायन र नवप्रतिभामा मनोनित भइसकेको थियो । काठमाण्डौबाट अमेरिका, अस्ट्रेलिया,हङकङ,युके र कोलकत्ता घुम्दै अन्ततः लगभग २० वर्ष लामो कथा बोकेको गीत सुनिता लिम्बू थेबेको स्वर पाएर आज सार्वजनिक भएको छ । मान्छेको जस्तै गीतको पनि आफ्नो कथा र कर्म हुँदोरहेछ ।

सुनिता लिम्बू थेबे ब्यवसायिक गायिका होइनन् , मिलिटरी क्रस प्राप्त क्याप्टेन काजीमान कुरुङबाङ्गकी  पत्नीको रुपमा लगभग २ दशकदेखि बेलायतमा आफ्ना दुई सन्तानसँग गृहिणीको रुपमा रहेकी छिन् । तर सानैदेखि धरानको सांगीतिक परिवेशमा हुर्किएकी उनले गाएका गीतहरु बि एफ बि एस मा निकै लोकप्रिय छन् । आफन्त र साथीभाइहरुको हौसलामा उनले एकल एल्बम ‘हौसला सन २०१४ मा निकालेकी थिइन् । संगीतको प्रारम्भिक ज्ञान घरबाटै सिके पनि औपचारिक शिक्षा भने वरिष्ठ संगीतकार प्रकाश गुरुङसँग साधना कला केन्द्रमा सिकेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here