“उपचार र नाफा घाटा अनि विष अमृतको कुरा” – जुनु राना

प्रकाशित मिति
0
26

pic3
गलत औंषधीको कारण कसैको मृत्यु हुनु भनेको हत्या हो।

जब बादशाह शाहजहाँले रानी मुमताजको प्रेमको चिनो स्वरुप निर्माण भएको भारतको आगरा भन्ने ठाउँमा निर्मित ताजमहल निर्माण गरिसकेपछी ती राजाले ताजमहल बनाउने सम्पुर्ण कालिगढहरुको हात काटिदिएका थिए।उनी चाहन्थे, कि त्यो ताज महल सम्पूर्ण विश्वमा एक मात्रै होस्, अनेक होईन।यसैले उनले ती कालिगढहरुको हात छिनाए।

हो ठ्याक्कै यसको उल्टो: हाम्रो देशका डाक्टर भने प्रेमको गीत लेख्छन् ।बिछोडको प्रित लेख्छन् तर यथार्थमा पैसाको लागि या भनौं आफ्नो पेशागत मुनाफाको लागि कसैको प्राण लुट्छन।

डाक्टर भोला रिजालको गीतमा भएका भावनाहरुले प्रेम गर्न र बाँच्न सिकाउँछन।तर उनकै पेशा यानेकी एउटा डाक्टरको मनमा भावना किन भएन? किन जिन्दगीहरु पैसा नाफा घाटाको हिसाब भन्दा सस्तो भो?

कि कतै उहिलेका राजारानी राणाकाल या विश्वका अन्य तानाशाह जस्तै पैसा र आफ्नो शक्तिको आड्मा अरुको शब्दहरु आफ्नो नाममा लेखाए जस्तै यी रिजाल ले गीत किने? होईन भने कि यी रिजाल नक्कली हुन कि ती भावनाहरु नक्कली हुन?

कुनै पनि ब्यक्तिलाई रोग लाग्न सक्छ।आकस्मिक दुर्घटनाहरु आईलाग्न सक्छ।हो यस्तो बेला हामी सामु हुने विकल्प भनेकै अस्पताल औसधि डाक्टर यस्तै संबन्धित कुराहरूको हामिलाई आवश्यकता पर्छ र त हामी जस्तो सुकै समस्या होस् हामी अस्पताल जान्छौं उपचारको लागि।

तर जसको भरमा कुनै जिन्दगी छोडिन्छ, तर त्यो ठाउँमै जिन्दगी झन खतरामा पर्छ भने डाक्टर र हत्यारामा के फरक रह्यो? हत्यारा रिसको आवेगमा कसैको ज्यान लिन्छ भने डाक्टरले बैधानिक रुपमा ज्यान लिएको भैहाल्यो नि यस्तो त?

हाय हाम्रो जीवन।रोग लाग्छ अस्पताल गयो त्यहाँ पनि नाफाको रोग मात्रै उपचार गरिन्छ।जसको रोग नाफा बाल छ तर जो संग नाफा दिने हैसियत छैन उ त्येही नाफाको रोग संग लडाइँ रडिरहन्छ र एकदिन रोगले बिजयी हाशिल गर्छ। नाफा वाला रोगी ज्यान मर्छ।

साच्चिकै आजको युग जसरी बनमारा भन्ने झारले बननै सखाप बनाईदिन्छ हो त्येसरी नै आज हरेक क्षेत्रमा नाफाको कुरा हेरिन्छ। त्यो चाहे रोग होस, औषधि होस या त्यो सम्बन्ध होस।हरेक ठाउँमा स्वार्थले चल्छ।जहाँ मुनाफा छैन त्यहाँ न रोग चल्छ न सबन्ध नै।

आजको यो तितो वास्तविकता हो यो।यस कुरालाई नचाहेर पनि स्विकार्नु पर्ने हाम्रो पिडा भनौं कि खुसी ।आफैलाई पन थाहा भएन फेरि यहाँ पनि पीडा भने घाटा होला फेरि………

pic1
मृतक सुश्मा

pic2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here