उच्च अदालतको फैसला मास्क प्रतिबन्ध गैर संविधानिक

प्रकाशित मिति
0
1385

सभा-जुलुसमा मास्क लाउन प्रतिबन्ध गर्ने गरी हङकङ सरकारले अक्टोबर ५ देखि लागू गरेको कानुन हङकङको हाइ कोर्टले असंवैधानिक भएको निर्णय गरेको छ ।

न्यायधीश एन्डर्सन चाउ र गोडफ्री लामको इजलासले मास्क प्रतिबन्ध विरुध्द २५ जना लोकतन्त्र पक्षधर वकिलहरुले दिएको मुध्दामा फैसला गर्दै प्रतिबन्धले बेसिक ल ले दिएको अधिकार हनन गर्ने बताए ।
उक्त कानुन अनुसार हालसम्म सरकारले ३६७ जनालाई पक्राउ गरी मुध्दा चलाएको छ , जसमध्ये १२० महिला रहेका छन्। अब उनीहरुले मुध्दा मामिलाबाट उन्मुक्ति पाउने संभावना बढेको छ ।

सरकारले पुनरावेदन गरेर मुध्दा उल्टाएन भने अब ढुक्कसँग मास्क लाउँदा होला है ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here