इलेक्ट्रिक स्कुटरले लियो ज्यान…

प्रकाशित मिति
0
4065

हिंजो राति ताइ पो मा राति ८ः४० बजे इलेक्ट्रिक स्कुटर दुर्घटनामा परेर ३४ वर्षे युवकको ज्यान गएको छ ।

ताइ पो को हाइवे नजिकै रहेको साइकलिङ् ट्रयाकमा लडेर उनको टाउकोमा चोट पुग्न गएको आशंका गरिएको छ , उनले हेल्मेट लगाएका थिएनन् । त्यसै बाटो गइरहेका मानिसहरुले उनलाई लडिरहेको देखेपछि पुलिसलाई खबर गरेका थिए । उनलाई अचेत अवस्थामा एलिस हो अस्पताल लगिए पनि राति ९ः२७ बजे मृत घोषित गरियो ।

यस्तै दुर्घटनामा अक्टोबर २६ तारीख चुङ क्वान ओ मा एक ३५ वर्षे युवकको ज्यान गएको थियो ।

आजभोलि सडकमा प्रशस्त देखिने गरेका यस्ता विद्युतबाट चल्ने मोटरवाला स्कुटर हङकङमा चलाउनु गैरकानुनी हो, यसले आफ्नो र अरु पैदल यात्रीहरुलाई दुर्घटनामा पार्न सक्ने बताइन्छ ।

यातायात विभागको सूचना!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here