इन्डोनेशियामा हङकङको नागरिकलाई मृत्युदण्ड

1
8

drug_king_pin_death_sentence_indonesia

गत शुक्रबार लागू औंषध तस्करी गरेको आरोपमा हङकङका नागरिका वोङ चि पिङलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

वोङलाई उनका सहयोगीहरु सहित ८६० किलो मेथामफ्टामाइन् मलेशियाबाट इन्डोनेशिया तस्करी गरेको अभियोगमा जनवरीमा पक्राउ गरिएको थियो ।

इन्डोनेशियन अधिकारीहरुले वोङलाई ३ वर्ष देखि निगरानीमा राखिरहेको र उनी विश्व लागू औंषध संजालका ड्रग किङ नै भएको बताएका छन् ।जकार्तामा न्यायधीशले मृत्युदण्डको फैसला सुनाउँदै इन्डोनेशियाले लागू औंषध विरुध्द दिलोज्यानले लड्नुपर्ने र यो फैसला पनि त्यही लडाइँको हिस्सा रहेको बताए ।
इन्डोनेशिया लागू औंषध विरुध्द संसारमै कडा कानुन भएको देशहरुमा पर्दछ । राष्ट्रपति जोको विडोडोको नेतृत्वकालमा अझै कस्सिलो बनाइएको छ । विडोडोको शासनकालमा १४ जनालाई मृत्युदण्ड दिइसकिएको छ जसमध्ये १२ जना विदेशी रहेका परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here